राजमार्गका अधिकांश पक्की पुल जीर्ण

pul

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी जिल्लाभित्र पर्ने अधिकांश पक्की पुल जीर्ण बनेका छन् । दैनिक हजारांैको संख्यामा सवारीसाधन आवतजावत गर्ने मुख्य÷मुख्य पुल निर्माण भएको लामो समय बितिसक्दा पनि आवश्यकताअनुसार समयमा मर्मत, सम्भार नहुँदा जीर्ण बन्दै गएका हुन् ।
पूर्वपश्चिम जोड्ने नवलपरासीमा रहेको विभिन्न पक्की पुल रणनीतिक हिसाबले धेरै महत्व बोकेको पुल समयअनुसार हरेक वर्ष मर्मत, सम्भार नहँुदा कुनै पनि बेला ठूलो दुर्घटना हुनसक्ने अनुमान गर्न सकिन्छ ।
जिल्लामा सबैभन्दा जोखिमको रूपमा जयश्री र वौलाहा पुल मानिन्छ । नवलपरासीमा करिब १० वटा पक्की पुल जोखिमपूर्ण अवस्थामा छ ।
यसैगरी, जिल्लामै हालसम्म कै सबैभन्दा बढी जोखिम नारायणी नदीको पुल पुरानो र जीर्ण भएकाले तत्काल मर्मत नगरे ठूलो दुर्घटना हुनसक्ने खतरा छ ।
जयश्री खोलाको पुल भाँचिएको करिब दुई वर्ष बितिसक्दा बल्ल पुल निर्माण अन्तिमचरणमा पुगेको छ । यद्यपि, हाल बेलीब्रिज पुल बनाएर काम चलाइएको अवस्था छ । यसैगरी, बौलाहा खोलाको पुल भाँचिएको करिब चार महिनापछि बल्ला मर्मत गरिएको छ । जिल्लामा रहेका अधिकांश पक्की पुलको अवस्था दयनीय देखिएको छ । ती पुलको आवश्यकताअनुसार समय÷समयमा मर्मत सम्भारमा सरोकारवाला निकायको ध्यान पुग्न नसकेको सर्वसाधारणको गुनासो छ ।

प्रतिक्रिया