सहरीया, वौद्धिक, प्राज्ञिक तथा अली सुविधा सम्पन्न वर्गका केही मानिसहरू डा. बाबुुराम भट्टराईलाई ठूलै आइकन संझने गर्छन् । जनयुद्धका बेला उनको विद्धताको प्रशंसामा निकै राजनीतिक गसिपहरू ‘टक अफ द टाउन’ बन्थे । माओवादीले जनयुद्धमा त्यो उचाइ हासिल गर्नमा उनको वौद्धिक छबीको उच्च योगदान भनेर खुुबै स्याल हुुईया प्रचार पनि भयो । पहिलो माओवादी सरकारका अर्थमन्त्रीका रूपमा उनको छबी सफल अर्थमन्त्रीका रूपमा रहेको पनि निकै प्रचार भयो । उनी आफैँ नेतृत्वको प्रधानमन्त्रीकाललाई गीता पाठ गर्ने वर्ग पनि यही समाजमा छ ।
तर, यी सबै उनका समर्थनका गीतहरू भ्रम हुन् र उनी आफैँमा बाघको छाला ओढेका एक चतुरो ब्वासो चरित्रका राजनीतिज्ञ हुन भन्ने तथ्यवोधचाहिँ अरूले हैन डा.बाबुुरामकै जनभावना विरोधी र देशघाती चरित्र, चिन्तन व्यवहार र कामकुरो एकातिर कुुम्लो बोकी ठिमीतिर गर्ने शैली र संस्कराले नै स्पष्ट पारिहहेको छ ।
अहिले देश संघीय गणतन्त्र नेपालको पहिलो स्थानीय चुनाव सामना गर्ने आखिरी तयारीमा छ । तर, त्यो चुनावको विपक्षमा सबैभन्दा चर्को स्वरमा विरोध गर्ने मोर्चाको नायकत्व गर्ने दौडमा अग्र भागमा उनै पात्र छन, डा. बाबुराम भट्टराई अर्थात नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई ।
पछिल्ला दिनमा निर्वाचन आयोगले आफ्नो दललाई आँखा चुनाव चिन्ह नदिएकोमा उनको धेरै चर्को विरोध छ । उनको दलजस्तै समस्यामा परेका अन्य दुई दर्जन दलले पनि उनलाई साथ दिएका छन । यसबारे निर्वाचन आयोग र प्रधानमन्त्रीलाई नै ज्ञापनपत्र बुुझाएर उनीहरूले सशक्त विरोध पनि गरिसकेका छन् ।
२० चैतको दिनांकबाट नयाँ शक्ति सडक आन्दोलनमा पनि उत्रिसकेको छ । चुनावको मुुखमा चुनाव हुन नदिने गरी सडक आन्दोलन ? रचनात्मक विरोधका नाममा सडक अवरुद्ध पारेर सर्वसाधारणलाई हैरानी दिने उही खुुइलिइसकेको भद्धा विरोध नौटंकी ? बस, भनाइमा नयाँ गराइ र व्यवहारमा अरू दलजस्तै जनभावना विपरीत हर्कत गर्ने दल सावित हँुुदै छ नयाँ शक्ति । नयाँ शक्तिलगायत साना र नयाँ दलहरूले दलीय चुनाव चिन्ह पाउने संभावना लगभग शून्य रहेको प्रमुख निर्वाचन आयुुक्त अयोधिप्रसाद यादवले स्पष्ट पारिसकेका छन् ।
कतिसम्म भने नयाँ शक्तिले दलीय चुनाव चिन्ह आँखा नपाए चुनावै हुन नदिनेसम्मको धम्की पनि नयाँ शक्तिका संयोजक, पूर्वप्रधानमन्त्री डा. भट्टराईबाट आएको छ । यसअघि भर्खरै तराई–मधेस क्षेत्रमा हिमाल, पहाड, तराई अभियानका क्रममा उनै डा.बाबुुरामले आफू उम्दा राष्टवादी भएको दाबी प्रस्तुुत गर्दै आफ्नो देशभक्तिको जाँचका लागि डिएनए परीक्षण गर्नसमेत चुनौति दिएका थिए । तर, देश चुनावी माहोलमा प्रवेश गरिसकेका कारण उनको डिएनए परीक्षण गर्ने देशभक्तिको चुनौति उतिसारो राजनीतिक बजारको हटकेक बनेन । महिना दिनअघि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग ६ बुुँदे लिखित सहमतिसहित कार्यगत एकताको घोषणा गरेर संविधान संशोधनको मुद्धा उछाल्ने मधेसी मोर्चाको कित्तामा पनि संघीय समाजवादीसँगै उभिएको उनको दल पछिल्ला दिनमा संघीय समाजवादीसँगै पार्टी एकताको हल्लाले पनि राजनीतिक बजारमा हल्लीखल्ली मच्चाउन खोज्दै छ ।
यसरि, आगामी ३१ वैशाखमा २० वर्षपछि पहिलोपटक हुन गइरहेको स्थानीय चुनावको मुखमा यो वा त्यो बहानामा डा. बाबुराम चुनाव सफल पार्ने भन्दा पनि असफल पार्ने चुनौति पात्रका रूपमा देखापरेको तथ्य उनका बहुुअर्थि भाषण, बेमौसमी र बेतुुकको र पार्टीका लाइनहरूले देखाइरहेको छ । चोक्टा खान गएकी बुढी झोलमा डुुबेर मरी भन्ने आख्यानको हालत बिर्साउने गरी एकातिर नयाँ शक्तिमा खिया पर्दै गएको छ भने अर्कोतिर पार्टीको खस्कदो शक्ति, प्रभाव र विचरा हालतले पूर्वप्रधानमन्त्री तथा संयोजक भट्टराईलाई निकै चिडचिडाहट र वैचनी भएको उनका थरीथरीका अभिव्यक्तिले इंकित गरिरहेका छन् ।
उनले अरू विचारहरू जे जस्ता राखे पनि जनतालाई स्थानीय तहमा शक्तिशाली बनाउने र संघीय नेपालको जग बसाल्ने आगामी स्थानीय चुनावको भने विरोध गरेर उनी यो व्यवस्था र जनअधिकारको हनन्का खातिर नयाँ शिखण्डीका रूपमा देखा पर्दै छन । चुनाव भाँड्नुु आफ्नै खुट्टामा बन्चरो हो नयाँ शक्तिका लागि पनि भन्ने जान्दाजान्दै पनि चुनाव विरोधी हर्कतको पराकाष्ठ प्रदर्शनमा उत्रेका शिखण्डी चरित्रबाट सावधान हुनै पर्छ ।
के दल दर्ता मौका थिएन र उनलाई ?
‘सदा सुखी सन्तोषी, सदा दुःखी असन्तोषी’ भनेजस्तै नेता हुन् डा. बाबुुराम । उनलाई नयाँ संविधान अनुसार नयाँ दल निर्वाचन आयोगमा नयाँ ऐन नियम अनुसार दर्ता गर्नुपर्छ भन्ने राम्रै हेक्का थियो । किनभने नयाँ संविधान अनुुसार नयाँ कानुुुनहरू बनेको कुरा के डा.बाबुराम र उनको नयाँ शक्तिका नेताहरूलाइ थाहा थिएन त ? तर, समय छउन्जेल उनी संविधान विरोधी हर्कतमा मस्त र व्यस्त भए । अनि अन्तिममा के निहुुँ पाउँ र चुुनाव बिथौलौँ भनेर बिरालोले मुुसा ढुुके झैँ चुुनावको विरोधको मौका कुुरिरहेका उनै दलले चुुुनावी चिन्ह नपाएको झोकमा मौकामा चौका हान्न कस्सिए । उनलाई साथ दिने अरू नाङ्ले दलहरू पनि सँगसँगै छन् । उनीहरूका माग सही होलान, तर के यो निर्वाचन आयोगलाई घेरेर समस्या समाधान हुने समस्या हो त ? यो त बहाना खोजेर चुुनाव भाँड्ने षड्यन्त्र मात्रै हो । कानुुुन बनाउने संसद् अनि संसद्ले दिएको कानुुन पालना गर्ने निर्वाचन आयोग विरुद्धको डा. बाबुरामको दलको विरोध कुनै कारणले पनि सही हुुन सक्दैन । आमजनसाधारणले स्थानीय चुनावलाई मन, वचन र कर्मले स्वागत गरिरहेका बेलामा यो उनको चुनाव भाँड्ने दुुष्कर्मबाहेक केही हुनै सक्दैन ।
कुुनै पनि मूुल्यमा अब डा. बाबुुराम प्रवृत्तिको अब सफाई र बिदाई नै जनमैत्री राजनीतिको ओखती हो । भ्रम हुुन् डा. बाबुराम प्रवृत्ति, अब तिनलाई चिनौँ र बहिष्कार गरौँ ।
अवसरवादी विगत ः
नेपाली राजनीतिमा अवसरवादी चरित्रका पर्यायजस्तै रहेका डा.भट्टराईको राजनीतिक जीवन क्रान्तिकारीदेखि प्रजातन्त्रवादीसम्म, वौद्धिकदेखि मुख्र्याइको पराकाष्ठ चरित्रले भरीपूर्ण छ । जनयुद्धको आलोकमा हेर्दा १७ हजार बढी निर्दोष मानिसको अनाहकमा ज्यान लिने र हजारौँलाई युद्धको पीडावोध गराउने दशक लामो माओवादी जनयुद्धका दोस्रो शक्तिशाली कमान्डर थिए डा. बाबुराम भट्टराई ०५२ देखि ०६२ सम्म । जनआन्दोलन ०६३ को सफलतासँगै जसै माओवादी शान्ति राजनीतिमा आयो, माओवादीको शान्तिपूर्ण राजनीतिक परिवर्तनका दाहालका हाराहारीका नेता रहे उनै बाबुराम । पहिलो संविधानसभा र दोस्रो संविधानसभामा पनि नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको गृहनगर गोरखाबाट निर्वाचित माननीय रहे ।
दोस्रो संविधानसभाको परिकल्पना नै नगरिएको बेला पहिलो संविधानसभालाई विनासंविधान मृत्युलोकमा पु¥याउने सरकारका अन्तिम प्रधानमन्त्री उनै बाबुराम थिए । नेपालका मधेसी दलहरूको भारी प्रतिनिधित्व रहेको र निकै जम्बो तथा भ्रष्ट सरकारको कमान्ड उनैले संहालेका थिए । सरकार प्रमुख हाुदा पूर्व राजा ज्ञानेन्द्रलाई बाढीपीडितलाई राहत बाँड्न हिँडेको सहन नसकेर जेल हाल्ने उर्दी जारी गर्नेदेखि देशको चावी अन्तै कतै अर्थात दक्षिणतिर रहेछ भनेर सगर्व भन्ने पनि उनै तत्कालीन प्रधानमन्त्री डा. बाबुुराम नै थिए ।
संविधानका सूत्रधार
जसले जतिसुकै पक्ष लिए पनि बचाऊ गरे पनि वर्तमान संविधानको सर्वस्वीकार्यता पर्याप्त नहुनुु र यो विवादाष्पद देखिनुुमा डा.बाबुराम भट्टराईले नायकत्वको भूुमिका निभाएका छन् । दोस्रो संविधानसभाले त्रुटीपूर्ण संविधान जारी गरेको पहिलो घोषणा उनै बाबबुरामले गरे, जो संविधान निर्माणका बेला संविधानसभासरह शक्तिशाली राजनीतिक संवाद तथा सहमति समितिका सभापति थिए । उनकै समितिले तयार गरेको संविधान संविधानसभाले घोषणा गरेको हो । ०७२ असोज ३ गते तत्कालीन राष्टपति डा.रामवरण यादवले संविधानसभाभित्र नेपालको नयाँ संविधान जारी गर्दै गर्दा मुल गेटमा निस्केर त्यही संविधानको धुवाँधार विरोध गर्ने र लगत्तै संविधान जलाउँदै मधेस पसेका नेता पनि उनै डा. बाबुराम थिए । माओवादी शान्ति राजनीतिमा फर्केसँगै माओवादीको प्रजातान्त्रीकरणको एकल ठेकेदार बनेका पनि उनै बाबुराम हुन् ।
लालक्रान्तिमा धोका
जनयुद्धको दशकले देशलाई सही बाटोमा ल्यायो की देशलाई एक युुग पछाडि धकेल्यो भन्ने बहस नेपाली समाजमा भइरहेकै छ । माओवादीले जति नै बचाऊ गरे पनि जनयुद्धले देशलाई अधोगतिमा धकेलेकै हो । माओवादी परिभाषाको जनयुद्धलाई लालक्रान्तिको संघर्ष इतिहास नै मानिदिँदा पनि त्यो इतिहासलाई उक्साउने र अन्ततः धोका दिने अवसरवादी खलनायक हुन डा.बाबुराम । जसै अघिल्लो वर्षसम्म माओवादीको आरोलो लागेको हरिणको चाल थियो, तब उनै बाबुराम माओवादीलाई रातो स्टीकर लागेको जोखिमयुक्त घरको संज्ञा दिँदै माओवादीबाट अलग भए, सभास्द पदबाट पनि राजीनामा दिए । अघिल्लो वर्ष उनले आफ्नो दशकौँ लामो लालक्रान्तिको राजनीतिक जीनमा पनि एक सय ८० डिग्रीको परिवर्तन ल्याए ।
नयाँ शक्ति नयाँ बोतलमा पुरानो रक्सी
एक अवसवादी राजनीतिज्ञ डा. बाबुुरामले पाँच दशक लामो माओवादी छबीमा पूर्णविराम लगाएर सयौं मुसा खाएपछि बिरालो हज गर्न मक्का गएजस्तै गरेर नयाँ शक्ति नामक नयाँ प्रजातन्त्रवादी दलको स्थापना गरे पनि त्यो उनको छलाङ केवल नयाँ बोतलमा पुुरानो रक्सी शिवाय केही हुन सकेन । माओवादी छोडे लगत्तै नेपालमा वैकल्पिक प्रजातान्त्रिक शक्तिको स्रोत आफू बन्ने उदघोषका साथ उनले खोले नयाँ शक्ति नामक नयाँ दल । केही विचार एमालेका नविन विचारक जननेता मदन भण्डारीका र केही विचार नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर पुुरुष जननायक विपी कोइरालाका सापटी लिँदै उनले भव्य उदघाटन समारोहका बीच नयाँ पार्टीको गठन गरे ।
पार्टी एक वर्षको हुँदा नहँुदै त्यसमा गुट, उपगुुट र फुटको शृंखला सुुरु भो । मुुमाराम खनाल, रामेश्वर खनालदेखि निर्मल भट्टराईहरूसम्मको समूहमा आइपुुग्दा डा.बाबुराम भट्टराईको दल नयाँ शक्ति पूर्व असंतुुष्ट माओवादीका नेता कार्यकत्र्ताको कुण्ठाको छहारी र तिनै पूर्वमाओवादी गुटहरूको महासंघ जस्तो भएको छ भनेर अरूले होइन त्यहाँबाट फित्र्ता भएका खनाल र भट्टराईहरूले नै सप्रमाण भनिरहेका छन् ।
ओखती बाबुराम सफायाः
नेपाली राजनीतिमा कथित विद्धता र इमान तथा संघर्षका नक्कली पुुलिन्दाबाट उदाएका डा.बाबुुराम समुल झुुट हुन् । उनको पठनपाठन, लालनपालन र सबै स्रोतसाधनको जोहो नयाँ दिल्लीकै सौजन्यमा भएको तथ्य आमनेपालीलाई थाहा छ । उनी जे जति चुनाव विरोधी हर्कत गर्दैछन, ती दिल्लीको नेपाली राजनीतिमा डा. बाबुुरामको आवरणमा भइरहेकाझेल्लीहरू नै हुन् । अब डा.बाबुराम प्रवृक्तिमुक्त नेपाली दल र राजनीति मात्रै यस्ता अवसरवादी नक्कली रमजनीतिक चरित्रको समाप्तीको ओखती हो । त्यसैले चुनावमा भाग लिए चुनावबाटै, चुनावमा भाग नलिएमा जस्तालाई तस्तै गरेर जनताले यस्ता शिखण्डी खलनायक डा. बाबुराम चरित्र र प्रवृत्तिलाई जनताले सफाया गर्नुपर्छ ।
नत्र यस्ताका भ्रमले राजनीति अरू संक्रमणतिर जान्छ भने देश र जनताले थप दुुःख पाउनेछन् । कुुनै पनि मूुल्यमा अब डा. बाबुुराम प्रवृत्तिको अब सफाइ र बिदाई नै जनमैत्री राजनीतिको ओखती हो । भ्रम हुुन् डा. बाबुराम प्रवृत्ति, अब तिनलाई चिनौँ र बहिष्कार गरौँ । सिंहदरबारलाई सात सय ४४ स्थानीय तहमा स्थानान्तर गर्ने पहिलो स्थानीय तह चुनाव सफलताका बाधक डा. बाबुुराम प्रवृत्तिको अन्त्यमा नै हुनेछ चुनाव सफल, हुनेछ संविधान कार्यान्वयन र बढ्नेछ संविधानको सर्वस्वीकार्यता । त्यसैले बाइबाई गरौँ डा.बाबुराम चरित्र र प्रवृत्तिलाई सधैँभरी ।
प्रतिक्रिया