सपनालाई योजनामा बदल्नूस्ः ऊर्जामन्त्री शर्मा

काभ्रे १८ फागुन । ऊर्जामन्त्री जनार्दन शर्माले सपनामा देखिने हरेक कथाहरूलाई पूरा गर्न योजनासहित लागेमा सफल भइने बताएका छन् । मंगलबार काभ्रेको धुलिखेलमा लियो क्लबले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै युवा पुस्ताले देख्ने सपनालाई योजनामा बदल्न सके देशमा कायपलट हुन लामो समय कुर्नु नपर्ने बताए । राष्ट्रको समस्याहरू पहिचान गरी इच्छा शक्तिसहितको उच्च संकल्पका साथ समाधानतिर लाग्न सके जे पनि गर्न सकिने बताए । उनले भने, ‘कर्म र अनुसन्धानले प्रगति र परिवर्तनको मार्ग पहिल्याउन सकिन्छ, हामी नेपाली कस्तुरीको बास्ना खोज्दै भौतारी हिँड्नु पर्दैन, ।’
उनले जनताप्रति उत्तरदायी भएर संविधान कार्यन्वयनको दिशामा देश अगाडि बढेको र संविधानले सबै जनतालाई प्रत्यक्ष अनभूति दिलाउने भन्दै हजारौँले रगत बगाएर ल्याएको उपलब्धी रक्षागर्न बेलैमा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा क्लबका युवासँग लोडसेडिङ हुनुको कारण बारे जवाफ दिँदै उनले भने, ‘मैले जादु गरेको होइन, व्यवस्थापकीय पक्षलाई चुनौतीकका रूपमा स्वीकार गरी काम गरेकै कारण लोडसेडिङको अन्त्य हुन लागेको हो, ।’ नीतिगत समस्याहरू र लगानीको कारण तामाकोसी, कर्णालीलगायतको परियोजनालाई केही बाधा पुगेको र आपूmले कर्णाली परियोजनालाई छुट्टै कार्यालय स्थापना गरी काम गर्नेसमेत बताए ।
मन्त्रीशर्माले कर्णाली परियोजनाका लागि ६ खर्ब लाग्ने हँुदा उक्त पैसामा प्रत्येक जनताको लगानी राख्न सक्नुपर्ने चुनौती भएकोसमेत बताए । विभिन्न अवरोधहरू समाधान गर्न सकिने हो भने ८ वर्षमा कर्णाली परियोजना गन्तव्यमा पुग्ने उनले दावी गरे । कार्यक्रममा पूर्वपर्यटनमन्त्री आनन्द पोखरेल विश्व साइकल यात्री पुस्कर शाहलगायतले सम्बोधन गरेका थिए । लियो क्लब अफ काठमाडौंले ६ दिनका लागि नेपालमा पहिलो इन्टरनेसनल प्रिजम युथ क्याम गरेको र युवाहरूले पर्यटन विकास, सम्भावना र संस्कृतिलाई कसरी विकास गर्न सकिन्छ भन्ने बारेमा ३४ जिल्लाका ५० युवालाई सहभागिता गराएको थियो ।

प्रतिक्रिया