भनिन्छ, प्रेम हाँसो र आँसुसँग खेल्छ, जीवनका सबैथोक प्रेमको अँगालोभित्र आउँछन् र जीवनका प्रत्येक कदम, प्रत्येक क्षेत्रमा यसले प्रभाव पार्छ । त्यसैले प्रेमलाई राम्रोसँग जान्नु र अध्ययन गर्ने गर्नु पर्दछ । प्रेम दिवसलाई युवाहरूको प्रिय चाडको रूपमा मनाउन थालिएको छ । यो आउनु अघि नै युवाहरू प्रेमको रङमा रंगिएका हुन्छन् । आखिर भ्यालेन्टाइन डे कहिले मनाउन थालियो, यसको के कस्तो महत्व छ ? भन्ने बारेमा पछिल्लोे पिडीहरूको ध्यान जान सकेको छैन । यसको वास्तविकता, महत्व र ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्न सान्र्दभिक छ । हजारौँ वर्ष अघि रोमनका राजा क्लोडियसले आफ्नो देशमा कुनै पनि सैनिकले विवाह नगरुन भन्ने उर्दी जारी गरेका थिए । सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । पादरी भ्यालेन्टाइन भने अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने मान्यता राख्थे । यी दुवै जनाको अलगअलग विचारमा ठूलो विवादको विषय बनेको थियो । त्यहाँ प्रेम र विवाहलाई प्रतिबन्ध लगाइएका सम्राटको राजाज्ञा थियो । राजाज्ञाको उर्दीलाई अस्वीकार गरी भ्यालेन्टाइन पादरीले विवाह गराए ।
फलस्वरूप राजाको निषेधाज्ञा तोडेको आरोपमा ई.पू.२७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झना नै भ्यालेन्टाइन डे दिवस मनाउने गरिएको हो । उर्दीलाई अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरेका थिए । त्यो दिन नै आज दिवसको रूपमा भ्यालेन्टाइनका रूपमा विख्यात भयो । पश्चिमेली सभ्यताको यो चाडले बिस्तारै पूर्वेली देशमा पनि मनाउन थालियो । यो दिन युवाहरूको चाहना र मायाहरू व्यक्त गर्ने दिनका रूपमा मनाउने गरिएको छ । आजका युवाहरूले पश्चिमेली सभ्यता र फेसनलाई स्वीकार गरेका छन् । त्यसैगरी मदर्स डे, फादर्स डे, भ्यालेन्टाइन डे पनि सहजरूपमा स्वीकार गरेका छन् । पश्चिमेली संस्कृतिले गर्दा आज हाम्रा पुराना मान्यता संस्कार र परम्परा खण्डित भइरहेका छन् । आधुनिकता र देखावटीपनको चकचकी बढ्दो छ । त्यसैमध्ये भ्यालेन्टाइन डे पनि एक हो । यो दिनलाई नै गर्लफ्रेन्ड र ब्वाई फ्रेन्ड बनाउने दिन हो, भन्ने युवाहरूको जमात ठूलै छ । त्यसैले आजका युवा मस्तिष्कले मात्र होइन मनले पनि यहि सोच्छन् र उनीहरू प्रेमको लागि जीवन नै त्याग गर्न पछि पर्दैनन् । जीवनका गोरेटाहरूमा अंकुशभन्दा खुसी माया र स्वतन्त्रता चाहेका हुन्छन् ।
समयको परिर्वतनसँगै भ्यालेन्टाइन डे दिवस मनाउने प्रचलन पनि भिन्नाभिन्नै रहेको छ । पहिला पे्रमी÷प्रेमिकाहरू आआफ्ना भावहरू व्यक्त गर्न प्रेमपत्रद्वारा हुन्थ्यो भने, पछि गुलाफ र फूलका गुच्छाको चलन आएको छ । सन १९८० देखि डायमन्ड कम्पनीहरूले विभिन्न डिजाइनमा खेलौना, मुटु आकारका चकलेट, अर्थात धेरैले पछिल्लो समयमा गुलाफको फूल उपहार दिन मन पराउने भएकाले त्यही अनुरूपमा वस्तुहरू र फूलहरू उत्पादन गर्ने गरेको छ । सबैभन्दा उत्तम गुलाफको फूल मायाको प्रतीक भएकाले त्यही नै सबैभन्दा बढी प्रेमिकालाई उपहार दिने गरिएको छ । अहिलेसम्म भन्ने गरिन्छ । संसारको सबैभन्दा सुन्दर फूल गुलाफ हो । जसले केवल प्रेमको भाषा बोल्छ । धेरै जनाको विचारमा छ । यो केवल युवाहरूको माया प्रेम गर्न आजको दिन राम्रो मानिन्छ । प्रत्येका युगल जोडीले प्रेम गर्न सक्छन् तिनीहरू भविष्यमा पति पत्नी हुनसक्छन् यो दिन सबै प्रेमको चिनो दिने दिनको रूपमा हेर्ने गरिएको छ । यो दिनमा कसैले लामो चुम्बनको रेकर्ड राख्ने गरेका छन् त, कसैले सबैभन्दा लामो प्रेमपत्र लेख्नेजस्ता विभिन्न कामहरू गर्ने गरेका छन् । जीवनका प्रत्येक कदममा प्रत्येक क्षेत्रमा प्रेमले पापी अनि अपराधीलाईसमेत सुधारर्ने गर्दछ । जसको प्रयोगले शत्रु पनि मित्र बन्छ । प्रेमले मानिसलाई चेतना मात्र होइन नयाँ जीवनसमेत दिन्छ ।
भ्यालेन्टाइन डे दिवस प्रेम, प्रणय र काम वासनाको प्रतीक मात्र होइन । त्यसैले त भनिन्छ प्रेम अन्धो हुन्छ । यो दिवसको जीवनसाथीको रूपमा मात्र नभएर मानवअधिकार र प्रजातन्त्रसँग पनि जोडिएको छ । जनताको चाहना र मानवअधिकारविरुद्ध घोषणा गर्ने शासक र जनताको अधिकार खोस्नु हुन्न भन्ने पादरीको संघर्षको ज्वलन्त उदाहरण हुन् । उनले त्यतिबेला जे गरे यो अहिलेको पनि यो संघर्ष चलिरहेको छ । अर्थात् प्रजातन्त्र र मानवअधिकारको संघर्ष निरन्तर जारी छ । के भ्यालेन्टाइन डेलाई यसरी पनि सम्झन सकिन्न ? समाज खुला होस् वा बन्द, मानिसका आकांक्षा कहीँ न कहीँबाट प्रकट भइरहेकै हुन्छ । बन्द समाजमा बस्ने मानिसहरूका आवाज बन्द हुनसक्छ तर भावना र चाहना बन्द हुँदैन । त्यसैले त कट्टर धार्मिक कानुन लादिएका मुलुकहरूमा पनि भ्यालेन्टाइन डे मनाइन्छ । आखिर प्रेम र प्रणयमा भ्यालेन्टाइन डे नै किन रोजियो ? पश्चिमी सभ्यताको त्यो एउटा इतिहास पुरुषले स्थापित गरेको मान्यताले अहिलेसम्म किन स्मरणीय रह्यो भन्ने कुतूहलता जागृत भई नै रहेको छ । के पूर्वीय समाजमा त्यस्ता दिवस मनाउने कुनै सन्दर्भ छैन त ? पक्कै पनि छन् ।
नेपाल र भारतमै प्रेम र समर्पणका अनेक कथा र गाथाले भरिएका सामग्री जति पनि छन् तर ती सबैभन्दा अलग छ । किनभने भ्यालेन्टाइन डे ले शासकविरुद्ध संघर्ष गरे, देहत्याग गरे प्रेम र प्रणयका लागि । त्यसैले अरू प्रेमका कथाभन्दा फरक छ भ्यालेन्टाइन डे । नागरिक स्वतन्त्रताको पक्षमा उभिएको कथा छ । आजभोलि भ्यालेन्टाइन डे शारीरिक सम्बन्धमा पुगेर टुंगिने गरेको छ । भ्यालेन्टाइन डे को दिन बसेको माया अर्काे भ्यालेन्टाइन डे नआउँदै टुटेको पनि देखिन्छ र सुनिन्छ पनि । जीवन बिताउन धेरै वर्ष छ । सँगै जीउने सँगै मर्ने वाचा खाएका युगल जोडी यसरी वर्ष दिन नपुग्दै छुट्टिनु कोही कसैको लागि राम्रो होइन । आजको दिन प्रेम गाँस्नेहरू त्यो प्रेम र मायाको गाँठो जीवन्तसम्म रहने गरी गर्नुपर्दछ । मनदेखि कसैलाई माया÷प्रेम गर्ने भए त्यो एउटा क्षणिकका लागि नभई दीर्घकालीन हुनुपर्दछ । आजको दिन मायामा रमाउनेहरू जुन भगवान् पनि खुसी हुन्छन् भन्ने ठानिएको हुन्छ ।
यो पंक्तिकारको जीवनमा पनि मायाप्रेम गर्नेहरू नआएका हैनन् । म तिमीलाई माया गर्दछु भन्ने गरेका थिए, उनीहरू नै वर्षदिनसम्म त्यो मायालाई टिकाउन नसकी छोडेर गएका छन् । उनीहरू बेग्लै संसारमा रमाएका दृश्यहरू देखिन्छन् । उनीहरूले गर्ने माया बजारीया फेसनजस्तै थियो । जुन मायाप्रेमलाई सजिलैसँग परिभाषा गर्न सक्थ्ये । सामाजिक संजालमा त कति हो कति म तिमीलाई माया गर्दछु, भन्ने र लेख्नेहरूको पनि कमी थिएन । परिचित मात्र होइन, अपरिचित साथिहरूले पनि निकै हैरानी दिनका यादहरूलाई आजको प्रेस दिवसले पुनः सम्झाइदिएको छ । ‘मेरो याद आयो भने घाम र जुन हेर्नु म त्यहि हुनेछु । यो जुनीमा तिम्रो हुन सकिनँ अर्काे जुनीमा म तिम्रै हुनेछु’ भनेर पराइको काखमा रमाउनेहरू यो दिन जीवनको सबैभन्दा धेरै खुसी भएका छन् । मसँग एउटा झुट्टो माया÷प्रेम गरे बिछोडिएकाहरूले दिएको पीडा कतिसम्म हुँदो रहेछ, त्यो त जसले भोगेको छ, त्यसैलाई मात्र थाहा छ ।
यी पंक्तिहरू लेखिरहँदा उनले जे गरेकी थिइन्, त्यो उनको जीवनमा राम्रो थियो । गलत म नै रहेछु । किनकि उनको मायालाई चिन्न पनि नसकेको रहेछु । धुलो मेरो अनुहारमा थियो तर मैले जीवनभर ऐना पुछिरहे । त्यसैले प्रेम र प्रणयलाई सस्तो ठान्नु हुन्न यो ईश्वरीय देन हो, भन्ने त्यागी पादरी भ्यालेन्टाइनको सम्झना गर्नेहरूले कहिल्यै धोका र विश्वासघात गर्दैनन् ।
प्रतिक्रिया