सुम्हालुङ सञ्चार सहकारीको वार्षिकोत्सव

पाँचथर, १० माघ । सुुम्हालुङ सञ्चार सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारणसभा तथा चौँथो अधिवेशनमा संस्थापक अध्यक्ष सीता सेलिङलाई सम्मान गरिएको छ ।

संस्थाको साधारणसभा बन्द सत्रले अध्यक्षमा पुनः दिलेन्द्रकुमार कुरुम्बाङलाई चयन गरेको छ । फिदिममा भएको बन्द सत्रले कुरुम्बाङलाई अध्यक्षमा सर्वसम्मतिमै चयन गरेको हो । संस्थाको उपाध्यक्षमा लेखनाथ खतिवडा र सदस्यहरुमा भीमाहाङमा आङदेम्बे, गजेन्द्र माबो, दिलकुमारी फागो र गौरव लामालाई चयन गरिएकोे छ ।

त्यस्तै लेखा समिति कुलराज लिम्वूको संयोजकत्मा ३ सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा भैरव लावती र नविनचन्द्र तुम्बापो रहेका छन । अध्यक्ष कुरुम्बाङले सुम्हालुङ सञ्चार सहकारी संस्था र संस्थाद्वारा नै सञ्चालित सुम्हालुङ दुवैलाई सँगसँगै थप सुदृढ गर्दै लाने प्रतिबद्धता जनाएका छन ।

वाइट नागरिकहरुलाई सञ्चारको पहुँजमा पु¥याउने, नागरिकको परिवर्तित आवाजलाई बुलन्द गर्न भन्दै स्थापित पाँचथरकै पहिलो रेडियो सुम्हालुङ एफ.एम.लाई लोकप्रिय रेडियो बनाइने अध्यक्ष कुरम्बाङको भनाइ छ । उनले रेडियोको समृद्धिका लागि दूरगामी असर पर्ने खालका कार्यक्रमहरु प्रस्तुत गरे ।

वाइट रेडियोलाई आगामी वर्षसम्ममा ५ सय वाटको बनाएर जिल्लाको सबै गाविसमा सुन्ने गरी बनाउन पहलकदमी बढाइएको उनले बताए ।

अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा अग्रज पत्रकार प्रेम ओझाले सुम्हालुङको दायरा फराकिलो बनाएर नमूना सहकारी र रेडियो बनाउन सकिने विश्वास व्यक्त गरेका छन । वाइट अधिवेशनमा खुल्ला सत्रलाई नेपाल पत्रकार महासंघ शाखा अध्यक्ष लवदेव ढुंगाना, स्रोतव्यक्ति गणेशकुमार चेम्जोङ, फुङ्सिङ कृषि बहुउदेश्यीय सहकारी संस्था लिमिटेड सराङाँडाकी सल्लाहकार गंगादेवी सुव्वा, किरात धर्म संरक्षक क्या.सुरेन्द्रप्रकाश जबेगूलाई सम्बोधन गर्दै रेडियोको क्षमता वृद्धि गर्दै रेडियोलाई वास्तविक सामुदायिक बनाउन सुझाव दिएका थिए ।

बन्द सत्रमा भने संस्थाका शेयर सदस्यहरु सुरेन्द्रप्रकाश सुहाङ,राजेनद्रकुमार जवेगू,तिलविक्रम नेम्बाङ, प्रदिपसिङ तामाङ, भैरव लावती, भक्तिप्रसाद नेम्बाङले रेडियोको तत्काल स्तरोन्नतिका लागि शेयर सदस्य बढाउँदै रेडियोलाई नमूना सामुदायिक रेडियो बनाउन नवनिर्वाचित कार्य समिति र कर्मचारीहरुलाई आग्रह गरेका छन् । सोही अवसरमा अध्यक्ष दिलेन्द्रकुमार कुरुम्बाङले संस्थाको वर्तमान स्थिति र आगामी संस्थाका अध्यक्ष रणनीतिक योजनासहितको सांगठानिक प्रतिवेदन प्रस्तुत गरे ।

प्रतिवेदनमा रेडियोको क्षमता वृद्धि गरिने, रेडियोबाट सामुदायिक पत्रकारिताको सुरुवात गराइने र रेडियोलाई वास्तविक सामुदायिक बनाइने अध्यक्ष कुरुम्बाङको प्रतिवेदनमा उल्लेख छ ।

बन्त्र सत्रमै लेखा समितिका संयोजक कूलराज लिम्वूले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको कूल आयव्यय ५ लाख ८१ हजार ७ सय २ रुपैयाँ र आर्थिक वर्ष २०७२÷०७३ को ८ लाख ५९ हजार ७ सय ६० रुपैयाँ प्रस्तुत गर्नु भएको छ ।

रेडियोका कार्यवाहक स्टेशन म्यानेजर तथा युवा पत्रकार जंगबहादुर तामाङले रेडियोको संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । उनले रेडियोलाई जिल्लाकै लोकप्रिय बनाउन सामुदायिक पत्रकारिताको थालनी गरिने बताएका छन् ।

यसका लागि रेडियोको क्षमता वृद्धिका लागि पहल भइरहेको तामाङको प्रतिवेदनमा उल्लेख छ ।

अधिवेशनमा संस्थाका शेयर सदस्य, रेडियो सञ्चालक समितिका पदाधिकारीलगायतको सहभागिता थियो । यस्तै सोही अवसरमा संस्थाकी संस्थापक अध्यक्ष सीता सेलिङलाई सम्मान पनि गरिएको छ ।

प्रतिक्रिया