निर्देशकलाई हिरो बनाउँदै रेखा थापा

saugat-and-kamali-in-austrelia copyकाठमाडौं, ५ माघ । पछिल्लो समय राप्रपा प्रवेश गरेको कारणले चर्चामा रहेकी अभिनेत्री रेखा थापा जहिले पनि फरक काम गर्न रुचाउने अभिनेत्री हुन् । यी नै अभिनेत्री रेखाले अब निर्देशकलाई हिरो बनाएर चलचित्र बनाउने भएकी छन् ।

रेखाले भर्खर नयाँ चलचित्र ‘रुद्रप्रिया’को घोषणा गरेकी छन् । जुन चलचित्रमा हिरोको रूपमा उनले निर्देशकको रूपमा चिनिएका सुदर्शन थापा र अपर्ण थापालाई लिने भएकी छिन् । हुन त केही अगाडि रेखाले ‘कसले चो¥यो मेरो मन फेरि’ बनाउने घोषणा गरेकी थिइन् ।

त्यो चलचित्रलाई थाति राख्दै उनले अहिले यो चलचित्र घोषणा गरेकी हुन् । जसको सशक्त भूमिकामा उनी आफैँ पनि देखा पर्नेछिन् । ‘रुद्रप्रिया’ चलचित्र ‘माला’का निर्देशक सुदीप भूपाल सिंहले निर्देशन गर्ने बताइएको छ । चलचित्र चैतदेखि छायांकनमा जाने तयारी भइरहेको छ । चलचित्रमा सञ्जय लामाको छायांकन, सुरेश अधिकारीको संगीत रहनेछ ।

आमा सरस्वती थापा निर्माता रहने चलचित्र ‘रुद्रप्रिया’ मा रमेश पौडेलले रेखासँग लगानीमा ५० प्रतिशत सेयर साझेदारी गरेका छन् । ‘रुद्रप्रिया’ पनि नारी प्रधान चलचित्र हनेछ ।

प्रतिक्रिया