चन्द्रकलाको ‘सोल्टी हजुर’ बजारमा

reotकाठमाडौं, ४ माघ । सञ्चारकर्मी तथा गायिका चन्द्रकला राईको दोस्रो एल्बम ‘सोल्टी हजुर’को शीर्ष गीत सार्वजनिक भएको छ । गायिका राई नै स्वर र शब्दको रहेको ‘सोल्टीनीज्यू सोल्टीनीज्यू भन्दिउ कि आइ लभ यु’ बोलको गीत आइतबार सार्वजनिक भएको हो ।

उनलाई गायक रेवत राईले साथ दिएका छन् । गीतमा भीषण मुकारुङको संगीत रहेको छ भने सागर सन्सार राईले एरेन्ज गरेका छन् । यसैगरी नेत्र किरातीले निर्देशन गरेको भिडियो शिरकुमार साङपाङले खिचेका हुन् भने मोडल सुमन, कोपिला, शेरबहादुरको फिचरिङ रहेको छ ।

एल्बममा भीषण मुकारुङका साथै संगीत प्राज्ञ गणेश रसिक, दीपक शर्मा र पारस मुकारुङको सङ्गीत रहेको छ । त्यस्तै गायिका चन्द्रकला राई, रेवत राई, राजेश पायल राईले स्वर दिएका छन् । एल्बममा कवि स्वप्नील स्मृतिको पनि शब्द रहेको छ । भोजपुर जिल्लामा बसेर पत्रकारिता तथा सांगीतिक क्षेत्रमा लागिरहेको राईको एल्बम केही दिनमा सार्वजनिक हुने गायक रेवत राईले जानकारी दिए ।

प्रतिक्रिया