काठमाडौं, ४ माघ । नायिका खोजी गरिरहेको चलचित्र ‘बटरफ्लाइ’ युनिटले अन्ततः प्रियंका कार्कीलाई मुख्य भूमिकामा अनुबन्धित गरेको छ । चलचित्रको मुख्य भूमिकामा अर्पण थापा र आर्यन अधिकारी पक्का भैसकेका थिए ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रका लागि नायिका पनि फाइनल गरिएको हो । अब, चलचित्रको छायाँकन सुरु हुने निर्माणपक्षले बताएको छ । नायिका फाइनल नहुँदा चलचित्रको छायाँकन सुरु हुन सकेको थिएन । चलचित्र ‘के म तिम्रो होइन र’बाट नेपाली चलचित्रमा उदाएका नायक आर्यनले यो चलचित्रका लागि आफ्नो वजन पनि घटाएका छन् ।
प्रियंका चलचित्रको शीर्ष भूमिकामा देखिनेछिन् । रमेश प्रजापति कार्यकारी निर्माता रहेको यो चलचित्रमा पुष्पाञ्जली अधिकारी निर्माता हुन् । सरल र सहज संरचनामा विम्बात्मक र कवितात्मक स्वरुपले ओतप्रोत ग्वाल्टारेका लघुकथाहरुले सामाजिक मनोविज्ञानको प्रतिबिम्बलाई झल्काएको पाइन्छ ।
प्रतिक्रिया