काठमाडौं, २९ पुस । जसराज किराती प्रतिभा पुरस्कार कोषले यसवर्षको प्रतिभा पुरस्कार कवि तथा प्राज्ञ श्रवण मुकारुङलाई प्रदान गरेको छ । राजधानीको सिटिम्याक्स कम्प्लेक्समा आयोजित एक कार्यक्रममा मुकारुङलाई १ लाख रुपैयाको जसराज किराती प्रतिभा पुरस्कार प्रदान गरिएको हो ।
स्थानीय आयोजक रावा सावा प्राज्ञिक समाज नेपालका अध्यक्ष शान्तिराम राईको अध्यक्षतमा भएको पुरस्कार प्रदान गर्ने कार्यक्रममा कवि जसराज किरातीले आफु जीवितै हुँदा आफ्ना भाई बेलायतमा बसेका साहित्यलाई माया गर्ने आफ्ना भाई भतिजाहरु आफ्नो नाममा पुरस्कारको कोष निर्माण गरिदिएकामा खुशी व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै उनले आफ्नो नामबाट स्थापीत पुरस्कारले आपूmलाई दीर्घायु बनाएको समेत बताए ।
कार्यक्रममा पुरस्कृत व्यक्तित्व मुकारुङले जसराज किराती प्रतिभा पुरस्कारले आफुलाई अझ बढी जिम्मेवार बनाएको बताए । पुरस्कार पाउनु आफैमा खुशीको कुरा भएपनि यसले थप जीम्मेवार हुनुपर्ने, लेख्दा सितिमिति लेख्न नहुने कुरामा सचेत गराएको अभिव्यक्ति दिएका छन् । उनले भने, ‘प्रतिभाको सम्मान सँगै मैले अब आफुलाई जोगाएर अगाडि बढाउनु पर्ने महसुस गरिरहेको छु ।’
कार्यक्रममा वरिष्ठ साहित्यकार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठल प्रमुख अथितिको आशनबाट बोल्दै भने साहित्यमा लागेर पाउने भनेको आम पाठक र श्रोताहरुको अपारमाया र साहित्यप्रेमी मनहरुले गर्ने सम्मान मात्र भएको बताए । उनले साहित्यमा लागेर समाज परिर्वतनका पक्षमा लाग्न सकिने पनि बताए । उनले ‘साहित्यकारहरुले राजनीति गर्न पनि सक्छन् नगर्न पनि पाउँछन्’ भने ‘तर सबै राजनीतिक नेताहरुले भने साहित्य सिर्जना गर्न नसक्ने उनले बताए ।
कवि तथा युवा समालोचक शुसान्त गुरुङ्गले पुरस्कृत कविमाथी केहि चर्चा र टिका टिप्पणी गरेका थिए । कार्यक्रममा रावासाव प्राज्ञिक समाजका पुर्व अध्यक्ष टंक भट्टराई, खोटाङ सेवा समाजका अध्यक्ष राकेश राईले शुभकामना दिएका थिए । बेलायतबाट आएका प्रतिनिधि रक्षा राईले पुरस्कृत कविका बारेमा बोलेका थिए । यस्तै कार्यक्रममा उपेन्द्र सुब्बा, भक्तजंग राई, लोहित गोगोई, विश्वनाथ निरौलालगायत अन्यको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन बम बानियाँले गर्नु भएको थियो ।
प्रतिक्रिया