अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल सुरु

film-festivalसुनसरी, २८ पुस । ‘इन्टरनेसलन फिल्म फेस्टिबल अफ नेपाल–२०१७’ (इफोन) बुधबारदेखि सुरु भएको छ । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित अडिटरीय हलमा सुरु भएको फेस्टिबलका लागि कलाकार तथा निर्माता, निर्देशकहरू मंगलबारै धरान पुगेका थिए ।

अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा २७ पुसदेखि २ माघसम्म हुने फेस्टिबलका लागि १६ देशका ४७ फिल्म छानिएको फेस्टिबलका स्थानीय संयोजक चलचित्र निर्देशक दीपक श्रेष्ठले बताए । फेस्टिबलअन्तर्गत अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा फिक्सनतर्फ नेपालबाट मीनबहादुर भामको ‘कालो पोथी’ र मनोज पण्डितको ‘छायाँ’ छनोट भएको छ । त्यसैगरी डकुमेन्ट्रीतर्फ अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा गणेश पाण्डेको ‘भाग्यले बाँचेकाहरू’ र भोजराज भाटको ‘सुनकली’ छानिएका छन् । त्यसैगरी नेपाल पानोरमातर्फ फिल्म विधामा नवल खड्काको ‘भीमदत्त’, अरुण प्रधानको ओम्ला, दिनेश पाल्पालीको ‘बालकृष्ण सम’ चयन भएका छन् ।

फेस्टिबलको उद्घाटन समारोहमा नेपाल पानोरमातर्फ डकुमेन्ट्री प्रतिस्पर्धामा मानवशास्त्री डोरबहादुर विष्टको जीवनीमा आधारित वृत्तचित्र ‘म अलप हुन चाहन्छु’ प्रदर्शन गरिने भएको छ । प्रतिष्पर्धामा रामबहादुर रसाइलीले निर्देशन गरेको ‘अपांगको पीडा’, दिनेश खड्गी शाहीले निर्देशन गरेको ‘लाइफ डजन्ट रिवाइन्ड’ पनि रहेका छन् । फेस्टिबलमा अखण्ड भण्डारीको निर्देशन रहेको ‘द केभ स्माइल’ भने अप्रतिस्पर्धी विधामा रहेको छ । नेपाल पानोरमाकै सर्ट फिल्मको प्रतिस्पर्धामा सुसन प्रजापतिले निर्देशन गरेको ‘लाज’, कला संग्रौलाले निर्देशन गरेको ‘बुट्टेजामा’, प्रशन्न मालीले निर्देशन गरेको ‘तिर्खा’, भीम विश्वकर्माले निर्देशन गरेको ‘शून्य’, राकेश महर्जनले निर्देशन गरेको ‘कल्ली’, सुवास गजुरेलले निर्देशन गरेको ‘हरेरामकी आमा’, सेनामा ग्याङवो तामाङले निर्देशन गरेको ‘झा लो’, प्रेम राउत र सागर बिक्रम कडरीयाले निर्देशन गरेको ‘डोम समाज’ प्रदर्शन हुनेछन् ।

स्थानीय संयोजक दिपक श्रेष्ठ भन्छन् ‘यो फेस्टिबलले स्थानीय चलचित्रकर्मी र देशविदेशका चलचित्रकर्मीबीच सम्बन्धको सेतुको कामसँगै चलचित्र विकासमा ठूलो मद्धत पुग्ने विश्वास छ ।

प्रतिक्रिया