काठमाडौं, २७ पुस । मोडल दीपेन खड्काको मन्जिता केसीसँगको रोमान्स सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको नयाँ गीत ‘सम्झेर फेरी…’को भिडियो सार्वजनिक भएको छ । जसमा यी दुबैको रोमान्स देख्न सकिन्छ ।
यु–ट्युटमार्फत सार्वजनिक गीतको भिडियो गीतलाई झनै सिगार्ने खालको आकर्षक बनेको छ । भिडियो सार्वजनिक भएपछि गीतको पनि चर्चा चुलिएको छ । भिडियो दीपेश खड्का र मन्जिता केसीमाथि फिचरिङ गरिएको छ । ट्रयाजेटी थिममा तयार पारिएको भिडियोमा मोडल दीपेन युवा र अधवँैशे भूमिकामा देखिएका छन् । भिडियोमा दीपेन र मन्जिताको कमेन्ट्री राम्रो जमेको छ ।
दीपेन पछिल्लो समय उदाएका मोडल हुन् । छोटो समयमै धेरै म्युजिक भिडियोमा देखिन सफल उनी हरेक महिला मोडलसँग जोडी बाँध्न सुहाउने पुरुष मोडलमा पर्दछन् । अभिनयमा समेत दख्खल दीपेनले यो भिडियोमा पनि तारिफयोग्य काम गरेका छन् ।
गीतमा शंकरदेव कँडेलको शब्द रहेको छ भने संगीत चिरञ्जीबी भण्डारीले दिएका छन् । देबेन्द्र खड्काले निर्देशन गरेको भिडियोमा अम्रितको छायांकन र माधव बेल्बासेको सम्पादन रहेको छ । गीत सान्नानी एल्बममा भित्र अटाएको छ ।
प्रतिक्रिया