‘‘दर्पण छायाँ–२’ डबिङ सुरु

darpan-chhayaकाठमाडौं, ७ पुस । फागुनको २७ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘दर्पण छायाँ–२’को डबिङ सुरु गरिएको छ । चलचित्रका मुख्य कलाकार पुष्पल खड्का र साहारा कार्कीले चलचित्रका लागि स्वरांकनको काम गरिरहेका छन् ।

चलचित्रको डबिङकै लागि भनेर नव–नायिका साहारा नेपाल आएकी हुन् । पढाइका कारण सुटिङ सकेर अमेरिका जानुपरेको बताउँदै साहाराले डबिङ सकेर पनि अमेरिका फर्कने बताइन् । उनी परिवारसहित अमेरिका नै बस्दै आएकी छन् । तुलसी घिमिरेको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले युवापुस्ताको कथालाई संगीतको शैलीमा भन्नेछ ।

सावु गदाल कार्की र रवि कार्कीको लगानी रहेको यो चलचित्रमा फिरोज तिमिल्सिना, श्रद्धा प्रसाई, भारती घिमिरेलगायत कलाकारको पनि मुख्य भूमिका छ । नायिका साहारा गीतसंगीतले दर्शक तथा श्रोताको मन जितेकोमा खुसी देखिइन् ।

प्रतिक्रिया