काठमाडौं, ४ पुस । आजभन्दा २५ वर्ष पहिले बाबा इन्द्रप्रसाद कुरुम्बाङ र आमा इन्द्रमाया कुरुम्बाङको कोखबाट नेपालको पूर्वी जिल्ला तेह्रथुमको सिम्लेमा जन्मेकी हुन् सलोनी कुरुम्बाङ लिम्बू, खासमा उनको मांगेना नाम चाहिँ शान्तिला हो तर यो नाम किन हो कुन्नी उनलाई मन परेन रे त्यसैले नयाँ नाम उनी आफैँले न्वारान गरिन् सलोनी । उनै सलोनी लिम्बू नामबाट आज गीत र संगीत तथा सामाजिक सन्जालमा परिचित छन् ।
गाउकै पोक्लाबाङ स्कुलबाट प्राथमिक शिक्षा सिध्याएकी सलोनीले बाँकी निम्न माध्यमिक शिक्षा भारतको सिक्किमबाट पूरा गरिन्, किनभने तेह्रथुमको सिम्लेमा जन्मिएता पनि परिवारले उनलाई नर्थ सिक्किमको मंगानमा पु¥याएका थिए बुबाआमा त्यहीकै अलैँची बगानमा काम गर्थे । बुबाआमालाई सघाउन सक्ने भएपछि सलोनीले राम्रो अध्ययन गर्न पाइनन् सानैदेखि गायिका बन्ने सपना पालेकी सलोनीले अलैँची बगानमा काम गर्नुपर्दा जंगलै थर्किनेगरी गीत गाउने गर्थिन् र कुनै दिन गायिका बन्ने सपना साँच्थिन् ।
अलैँची बगानको कामदेखि विरक्तिए सलोनीको परिवार । अनि निस्किए तेह्रथुममै । भाइहरू पोक्लाबाङकै स्कुलमा पढ्न थाले भने उमेरमाथि उक्लिँदै गरेकी सलोनीलाई सानो कक्षामा पढ्न मन मानेन । म्याङलुङ बजारमा केही समय ब्युटीपार्लरसम्बन्धी तालिम लिएपछि काठमाडौं हान्निइन् । तर, काठमाडौं सोचेजस्तो भएन । न ब्युटीपार्लरको कामले साथ दियो, अन्य जागिर नै मिल्यो । केही रेस्टुरेन्टहरूमा वेटरको काम गर्दै संघर्ष गर्ने क्रममा इच्छाइएका कामहरू त सोच्ने मौकासमेत पाइनन् ।
केही समय नृत्य पनि सिकेकी उनले त्यसलाई पनि पूरा गर्न सकिनन् । अहिले आफ्नै बलबुताले पेप्सीकोलामा रेस्टुरेन्ट चलाउँदै आएकी छन् । बेलाबेलामा आफूले गाएको ‘अडियोक्लिप’ फेसबुकमा राख्थिन् र आफ्नो पुरानो सपनालाई फेसबुकमै पूरा गर्थिन् ।
उनको स्वरलाई हाल कतारमा रहेका राजरोवर्ट अजनबीले सुन्न पुगे, गीत रेकर्डको लागि प्रस्ताव राखे । आफ्नो सपनासँग मेल खाने प्रस्ताव आएपछि सलोनीले तुरुन्तै स्वीकार गरिन् । फलस्वरूप राज रोबट अजनबीको शब्द रचना र खगेन्द्र पन्धाक लिम्बूको संगीत रहेको ‘पूर्वेली बसैमा’ भन्ने गीतमा सुरिलो स्वर भरिसकेकी छन् । गीतकार÷संगीतकार राज रोबट अजनबीसँगको सांगीतिक संगत बढ्दै गएपछि एक दिन एउटा म्युजिकल समूह बनाउने सल्लाह गरे, जसमा राज रोबट संयोजक रहने अनि सलोनी कार्यक्रम सञ्चालिका हुने सहमति भयो र जन्मियो ‘प्रतिभा परिवार’ । अहिले उहीँ प्रतिभा परिवारको सक्रिय सदस्य छिन् ।
प्रतिभा परिवारले बजारमा ल्याउन लागेको ‘प्रतिभा एक्बम भाग १’ को तयारीमा जुटिरहेकी सलोनीले सो एल्बममा एउटा डोइट गीत चर्चित संगीतकार र गायक सुमन राईसँग गाउँदै छिन, सो गीतको गीतकार प्रतिभा परिवारका सदस्य दीलिप राई सगर रहेका छन् । भने प्रतिभाकै अर्का सदस्य देबिनबाबु राईले उक्त गीतमा संगीत भरेका छन् ।
गीत र संगीत मै केही गर्ने सोच बनाएकी सलोनीलाई प्रतिभा परिवारबाट धेरै आशा रहेको बताउँछिन्, उस्तै परे गायनमा होल टाइमर बन्ने सोच बनाएकी सलोनीको सबै सपना पूरा होस् ।
प्रतिक्रिया