स्वतन्त्रता हाम्रो नसैर्गिक अधिकार हो, हामीलाई हाम्रो जीवन स्वतन्त्रसँग जिउने अधिकार पनि छ र स्वतन्त्रसँग जिउन पाउनु पनि पर्छ । प्रसंग शहरी रात्री जीवनको जहाँ दैनिक सयौ युवायुवतीले आफ्नो भविष्यलाई अँध्यारोतर्फ धकेलिरहेका छन्, सयौँले आफ्नो अस्मिता लुटाइरहेका छन्, क्षणिक मनोरञ्जन प्राप्त गर्नको लागि मदिरामा लट्ठ भएर ।
शहरी क्षेत्रमा खुलेका दर्जनौ बार डिस्कोको कारणले कतै हाम्रो छोराछोरीको भविष्य त अन्धकारमा धकेलेको त छैन ? बार डिस्कोमा पनि एउटा मापदण्ड हुन जरुरी छ यो विषयमा सरोकारवालाहरुले सोच्न जरुरत पनि छ । तर हाम्रो देशमा त १४ वर्षको किशोरकिशोरीहरु पनि बारमा बसेर मदिरा र धुम्रपानमा लट्ठ पर्दै आफ्नो यौवन देखाइरहेका छन् । बार डिस्कोमा खिचेर सामाजिक सञ्जाल फेसबुकको भित्तामा फोटो राखिने प्रचलनले गर्दा त झन् अहिलेको युवापुस्ता जसरी पनि एकचोटी बार डिस्को गएर त्यहाँको फोटोग्राफर बाट फोटो खिचाई आफ्नो फेसबुकमा राख्न आतुर देखिन्छन्, जसले गर्दा कतै हाम्रो युवापुस्ता गलत संगत र गलत बाटोमा हिँडेको त छैन भन्ने प्रश्न आउँछ ।
हामी र हाम्रो समाज नराम्रो काम र कर्मको देखासिखी गर्न सबैभन्दा अगाडि छ । हिजो त्यो गएर बारमा मदिरा खाँदै फोटो खिच्छ भने आज म किन नजाने म पनि जान्छु भन्ने प्रवृत्ति छ । सेलिब्रेटीदेखि चेलीबेटीहरुसम्म आजकल बार र डिस्कोमा गएर फोटो खिचेर सामाजिक सञ्जाल (फेसबुक, ट्विटर)मा राख्ने ट्रेन्ड नै चलेको छ ।
बार डिस्कोमा आउने ग्राहकहरुका लागि भनेर बार डिस्को सञ्चालकहरुले फोटो खिचिदिने र फेसबुक पेजमा राखिदिने गर्दछन्, जसले गर्दा युवायुवतीहरु एकअर्कालाई देखाउनका लागि मात्र भए पनि बारमा जाने र मदिरा र धुम्रपानमा झुम्ने गर्दछन् । अहिले शहरमा कोही देखासेखीका लागि त कोही आफ्नो मनोरञ्जनका लागि दैनिक सयौँ युवायुवतीहरु रात्री जीवन बार डिस्कोमा जाने गर्छन् र बार डिस्कोमा जाने होडबाजी नै चलेको छ ।
सेलिब्रेटी मोडलदेखि धनाढ्य घरानाका व्यक्तिहरु बार डिस्कोमा गएर मस्त हुने प्रचलन नयाँ होइन, तर अहिले उनै सेलिब्रेटी, मोडल, धनाड्यहरुको नक्कल गर्दै सामान्य घर परिवारका युवा युवतीहरु गलत संगत र ट्रेन्डमा फस्दै गएका छन । भर्खर टिन एज प्रवेश गरेका देखि लिएर बुढा बुढी भइसकेकासम्म अहिले रात्रि जीवनको बार डिस्कोमा गएर मदिरा पिउँदै र धुम्रपान गर्दै फोटो खिच्न लालायित देखिन्छन् र आपूm हिजो राती यो ठाउँमा थिए भनेर देखाउन अनि बारको लोगोसहितको फोटो आफ्नो फेसबुकमा राख्न आतुर हुन्छन् । जसले गर्दा सामान्य घरपरिवारका युवायुवतीहरु पनि आफ्नो साथी सर्कलमा देखाउनको लागि भए पनि बार डिस्को जाने र फोटो खिच्ने र आफ्नो फेसबुकमा राख्ने गलत ट्रेन्ड बस्दै गएको छ ।
यसको अर्थ सामान्य घर परिवारको युवायुवती बार डिस्को अनि कहीँ कतै जानु हुन्न भनेको होइन तर सामान्य घर परिवारको युवा युवतीहरु देखासेखी गर्नको लागि भए पनि गलत काम गर्न गलत संगतमा फस्दै गएका छन् । आपूmलाई मोडल र सेलिब्रेटीजस्तो देखाउन अहिलेको युवापुस्ता जस्तोसुकै काम गर्न नि पछि नहट्ने एक अध्ययनले देखाएको छ । यसका लागि अभिभावकहरुले बेलैमा सोच्नु पर्ने अवस्था आएको छ, आफ्नो छोराछोरीहरु कुन बाटोमा हिँड्दैछन् बेलुका कहाँ जाँदैछन् के गर्दैछन् भनेर कहीँ सेलिब्रेटी र मोडलजस्तो देखिन गलत संगत र गलत बाटोमा त छैनन् बेलैमा सोच्नुहोस् ।
प्रतिक्रिया