काठमाडौं, २ पुस । कुनै समय ‘खोपी राँखुला नि लै लै तिम्रो नाम दर्शन नै ढुँगामा’ बोलको गीत गाएर चर्चामा रहेकी गायिका राधा राईले केही समयको अन्तरालपछि नयाँ गीत लिएर आएकी छन् । उनले हालै ‘मारिदिए मायाले एकतर्फी माया, जोड़ी ढुकुर छुट्यो हजूर बिजोर होला माया’ बोलको गीत युट्युबमा सार्वजनिक गरेर सांगीतिक क्षेत्रमा पुनरागमन गरेकी हुन् ।
नेपाली गीतसंगीतको क्षेत्रमा आएर बिबिसी र इमेज अवार्ड जितिसकेकी गायिका राधाले केही समय सांगीतिक यात्रा विश्राम गरे पश्चात पुनः सांगीतिक यात्रामा फर्केकी हुन् । भूपाल राईको शब्द रचना र संगीतकार डक्टर किराँतको संगीत रहेको उक्त गीतबाट गायिका निक्कै आशावादीसमेत रहेकी छन् । यो गीतको म्युजिक भिडियोलाई डोलेन्द्र कटुवालले भिडियो खिचेका छन् ।
भिडियो यस्तो छ … ।
https://www.youtube.com/watch?v=0fjWXquGdmg
प्रतिक्रिया