काठमाडौं, २ पुस । भर्खरै मात्र दोस्रो एल्बम ‘उर्वसी’ बजारमा ल्याएकी रक गायिका सरस्वती लामालाई अहिले स्टेजमा भ्याइनभ्याई हुन थालेको छ । एल्बममा रहेको सञ्चारकर्मी भीम राईको शब्द तथा युवा संगीतकार स्पन्दन स्वरहाङको संगीतमा रहेको ‘यो छोरीलाई हेर्दा मात्र नक्कली’ बोलको गीतले उनी अहिले चर्चा रहेकी हुन् ।
पुस १ गते राजधानीको हायात होटल तारागाउँमा आयोजिक एक कार्यक्रममा उनले यही गीतले स्टेज तताएकी छन् । काठमाडौंको टुसाल युवा क्लबले आयोजना गरेको कुटुम्ब लाइभ २०७३ मेलाको अवसरमा उनले यो गीत प्रस्तुत गर्दा दर्शकहरूको आकर्षण बन्न पुगेकी छन् ।
अजिमा ब्यान्डले विशेष प्रस्तुति दिएको कार्यक्रम चिसो मौसममा युवावर्गलाई लक्षित गर्दै संगीतप्रेमी मनहरूलाई खुलामनोरञ्जन दिनको लागि आयोजना गरिएको आयोजक टुसाल युवा क्लबले जनाएको छ । कुटुम्ब लाइभ २०७३ लाइ बौद्ध बिकास समितिलेसमेत साथ दिएको छ । कार्यक्रमलाई जिंक भोड़का र टुबोर्ग बियरलगायत ब्रान्डले प्रायोजन गरेको हो ।
गीत सुन्न तल जानुहोस …
प्रतिक्रिया