काठमाडौं, २ पुस । चर्चित गायक तथा ¥यापर भरत समारीको नयाँ गीत चाँडै नेपाली सांगीतिक बजारमा आउन लागेको छ । लामो समयको अन्तरालपछि धेरै मिहिनेतका साथ तयार पारिएको उक्त गीत ‘तेरो बाउ मेरो बाउ माछा मार्न गए, तँलाई टाउको मलाई पुच्छर’ भन्ने ठेट नेपाली शब्दलाई प्रयोग गरेर त्यसमा ¥याप गाएका छन् ।
भर्खरै मात्र उक्त गीतको म्युजिक भिडियोको सुटिङ काठमाडौको विभिन्न डिस्को, बार र अन्य रमणीय स्थलमा गरिएको छ । विशेषतः युवावर्गलाई लक्षित गरी बनाइएको उक्त म्युजिक भिडियो चाँडै नै नेपाली सांगीतिक बजारमा आउने कुरा गायक तथा ¥यापर भरत समारीले जानकारी गराए ।
फरक प्रकारले छायांकन गरिएको उक्त म्युजिक भिडियोमा अमेरिकन डलरको प्रयोग गरी डिस्कोमा डलर उडाएका छन् भने नेपालमा नै पहिलोपटक होभर बोर्डको प्रयोग गायक भरत समारीले गरी म्युजिक भिडियोको दृश्य लिएका छन् । उक्त गीतमा भरत समारीलाई अर्का गायक डर्टी पिट्जले साथ दिएका छन् भने मोडलमा गायक भरत समारी, रितु थापा श्रेष्ठ, यसुदा गिरी, राजेन्द्र गिरी (गिरी राज) विश्वको होचो कलाकार दीपेन शाहलगायत बी ब्वाइजहरूलेसमेत अभिनय गरेका छन् ।
उक्त म्युजिक भिडियो निर्देशन विशेष पन्तले गरेका छन् भने छायांकनमा मधुर बस्नेतले गरेका छन् त्यसैगरी व्यवस्थापनमा राजीव धमला रहेका छन् । म्युजिक भिडियोको छायांकन एकदम राम्रो भएको अनि फरकशैलीमा आपूmले निर्माण गरेको कुरा गायक भरत समारी बताउँछन् भने उक्त म्युजिक भिडियो सम्पूर्ण संगीतप्रेमीहरूको रोजाइमा पर्ने कुरामासमेत उनी विश्वस्त छन् ।
प्रतिक्रिया