काठमाडौ, २ पुस । गायक जिबिहाङ राईको ‘शिरै फूल’ बोलको मारुनी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । हुङकु सिनेमामार्पmत सार्वजनिक भएको म्युजिक भिडियोमा लीला राई र मनोज राईले मोडलिङ गरेका छन् ।
स्थानीय मौलिक मारुनी लोकभाकामा तयार पारिएको गीतमा गायक राईकै शब्द र संगीत रहेको छ । नेपालका पूर्वमा प्रचलित मारुनी शैली तथा पश्चिमी शैलीको संगीत संयोजन गरी लोकपप शैलीमा गीत तयार पारिएको छ । नेपाली युवापुस्ताहरू पश्चिम संगीतमा आकर्षित भइरहेको बेला नेपाली मौलिक संगीतलार्ई चिनाउनका लागि नयाँ शैलीको गीत तयार गरिएको गायक राईले बताएका छन् ।
भिडियो हेर्न तल जानुहोस
प्रतिक्रिया