नेपालभाषामा बाल कथाहरूको संग्रह विमोचित

nepali-bhasa-bal-katha-2काठमाडौं, २७ मंसिर । नेपालभाषाका बालकथाहरूको संग्रह ‘झी मस्त झीगु बाखं’ (हाम्रा बालक हाम्रै कथा)को एक समारोह बीच शनिबार विमोचन भएको छ । लामो समयदेखि बाल कथा लेख्दै आएकी साहित्यकार मीना बज्राचार्यले उक्त कथा संग्रह लेखेकी हुन् ।

तयजु पब्लिकेसनद्वारा  राजधानीको च्वसापासाको सभाकक्षमा सो पुस्तकको भएको हो । यस बाल कथा संग्रहमा कुल १० वटा कथा संग्रहित छ । विमोचन कार्यक्रममा हरेक स्कुलमा नेपालभाषामा शिक्षा अभियानका अभियन्ता दीपक तुलाधरको प्रमुख अतिथि र नेपालभाषा मंका खलःका सचिव नरेशवीर शाक्य विशेष अतिथि रहेका थिए ।

सो कार्यक्रममा उनीहरूले दुबैले संयुक्त रूपमा ‘झी मस्त झीगु बाखं’को विमोचन गरेका थिए । विमोचन कार्यक्रमको आयोजना नेपालभाषा स्यनेकने पुचः (नेपालभाषा शिक्षण समूह) गरेको थियो । कार्यक्रममा सो समूहका प्रमुख रमिता बज्राचार्यको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा सोही समूहका सचिव महेश्वर मानन्धरले स्वागत मन्तव्य राखेका थिए ।

यस्तैगरी साहित्यकार शशीकला मानन्धरले प्रकाशित पुस्तकको समालोचना गरेका थिइन् भने अतिथिहरू नविन थेच्वमि, विद्यादेवी चित्रकार र निर्मल बज्राचार्यलगायत प्रमुख अतिथी तुलाधर, विशेषअतिथि शाक्यले पनि आफ्नो मन्तव्य राखेका थिए । प्रकाशकको तर्फबाट शीला सायमीले एउटी नारी कथाकारको कथा प्रकाशन गर्न पाएकोमा खुसी व्यक्त गरिन् भने कथाकार मीना बज्राचार्यले बालबालिकाहरूका लागि मातृभाषामा कथा संग्रह प्रकाशित गर्न पाउँदा खुसी लागेको बताइन् । कथाकार बज्राचार्यको नेपाली भाषामा बाल कथा संग्रह ‘सुनपखेटी’प्रकाशित भइसकेको छ ।

प्रतिक्रिया