दर्शकको मन जित्दै प्रकाश

prakashकाठमाडौं, २६ मंसिर । गायक तथा गीतकार प्रकाश सिंहले ‘काठमाडौं सहर बोल’को गीतको भिडियो सार्वजनिक गरेका छन् । ‘मेरो सारंगी’ नामक एल्बम बजारमा ल्याएका गायक अहिले उक्त एल्बमको गीतहरू छायाँकन गर्दै दर्शकलाई मनोरञ्जन गराउन ब्यस्त छन् ।

‘मेरो सारंगी’मा ९ वटा गीतहरू रहेका छन् । जसमध्ये ३ वटा गीतको छायाँकन भइसकेको छ भने बाँकी छायाँकन क्रममा रहेको उनले बताए । सार्वजनिक गरिएको ‘काठमाडौं सहर’ गीतमा उनले आफ्नी कान्छीलाई काठमाडौं घुमाउने र धरहरा पनि चढाउने वाचा गरेका छन् ।

त्यसो त उनको यो वाचा वाचा नै रह्यो दुर्भाग्यबश हाम्रो शान धरहरा आज हामीबीच छैन । प्रकाशका अनुसार यस गीतको शब्द मात्र नभएर रेकर्डिङसमेत २०७२ को विनाशकारी भूकम्प आउनु एक दिनअगाडि नै गराएका थिए ।

उनले आफ्नो देशको शानको नाम राखेर लेखिएको र गाइएको गीत पहिलो भएका कारण, धरहरा नरहे पनि धरहराको स्मृतिमा आफ्नो कान्छीलाई घुमाउने सपना अधुरो रहे पनि यसगीतका कुनै पनि शब्दहरू परिवर्तन नगरेको बताए । वैदेशिक रोजगारको सिलसिलामा मकाउ बस्दैआएका उनी फुर्सद्को समय निकालेर गीत लेख्ने र गाउने गर्छन् ।

उनको पहिलो भिडियो ‘मेरो सारंगीमा’ प्रकाश आफैँ नायिका नीता ढुंगानासँग देखापरेका छन् । ‘मेरो सारंगीलाई जसरी दर्शकहरूले मन पराएका थिए, त्यसरी नै ‘काठमाडौं सहर’लाई पनि मन पराइदिनु हुनेमा आशावादी छु’ उनले भने । ‘काठमाडौं सहर’लाई हामीले निक्कै मिहिनेतका साथ दर्शक÷स्रोतामाझ ल्याउन लागेको निर्देशक, छायाँकार तथा सम्पादक दीपेश सुनुवारले दावी गरे ।

प्रतिक्रिया