सुमनको ‘साथी साथी’ सार्वजनिक

sathi-sathi-video-releaseसुनसरी, २४ मंसिर । गायक सुमन श्रेष्ठ (संगम)को नयाँ गीत ‘साथी साथी’को म्युजिक भिडियो धरानमा सार्वजनिक गरिएको छ । गोपाल दाहालको शब्द र वसन्त सापकोटाको संगीत रहेको गीतको भिडियो नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा गायक, संगीतकार गणेश रसिक र भिडियोका कलाकारले संयुक्त रूपमा भिडियो सार्वजनिक गरेका हुन् ।

रसिकले साथीसाथी मिलेर निर्माण गरेको गीत र भिडियोले समाजमा सकारात्मक सन्देश दिएको बताए । उनले भने, ‘अहिलेको विभाजित समयमा विभिन्न पेसा, जातीका साथीहरू मिलेर काम गरेको देख्दा खुसी लाग्यो । उनीहरूको सांगीतिक सम्बन्ध नारायण गोपाल र गोपाल योञ्जनको जस्तो होस् ।’ गायक सुमनले नै निर्देशन गरेको ‘साथी साथी’ भिडियोसँगै उनकै पुरानो गीतको भिडियो’ गरिदेऊ काम’ नेताहरू प्रदर्शन गरिएको कार्यक्रममा सुमनका ९ भिडियोको संगालो ‘साथी’ पनि सार्वजनिक गरियो ।

कार्यक्रममा गायक सुमन र नोभा लिम्बूले आफ्नो गीत ‘प्रितिको फूल’ प्रस्तुत गरे भने हाम्रो डान्स सेन्टरका कलाकारहरूले सुमनकै ‘झ्याइ पार्ने सुर’ र ‘धागो चर्खा’को गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । ‘साथी साथी’ गीतका गीतकार गोपाल दाहालले गीतबाट सुरु भएको साथीसाथी समूहले गीतसँग अन्य सामाजिक कार्य पनि गर्ने बताए । साथी समूहमा विभिन्न जाती र पेसाका युवाहरू आवद्ध छन् ।

प्रतिक्रिया