‘‘सेतो सूर्य र पार्सल’ भिड्दै

parcelकाठमाडौं, २४ मंसिर । शुक्रबारदेखि काठमाडौंलगायत देशभरीको हलहरूमा चलचित्र ‘सेतो सूर्य र पार्सल’ को भिडन्त हुने भएको छ । किशोर सम्बाहाम्फे लिम्बूको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘पार्सल’ र निर्देशक दीपक रौनियारको ‘सेतो सूर्य’ एकसाथ भिड्न लागेका हुन् । यसमध्ये पार्सलको धेरैजसो छायांकन पूर्वाञ्चलमा गरिएको छ । यो चलचित्रमा पूर्वका धेरै कलाकारहरूले आफ्नो प्रस्तुति बाहिर ल्याउने मौका पाएका छन् । निता ढुंगाना, किशोर खतिवडा, प्रेम सुब्बा, प्रभु श्रेष्ठलगायत कलाकारको अभिनय रहेको यो चलचित्रलाई युवराज राईले खिचेका हुन् ।

अन्य चलचित्रभन्दा पार्सल फरक चलचित्र भएको कारण दर्शकले मनोरञ्जन लिने र चलचित्रले व्यापार गर्ने विश्वास गरेका निर्देशक सम्बाहाम्फेको भनाइ छ ।

यस्तै चलचित्र ‘सेतो सूर्य’ले भने विदेशमा अवार्डसमेत जितिसेको छ । यस चलचित्रमा दयाहाङ राईको सशक्त अभिनय रहेको छ । पुरानो डुंगा हेरेर निराश भएका दर्शकलाई दयाले आग्रहको भाषामा भनेका छन् ‘निराश हुनु पर्दैन, ‘सेतो सूर्य’ हेरेपछि तपाईं खुसी हुनुहुनेछ’ । चलचित्रमा एक माओवादी छापामारको भूमिका निर्वाह गरेका छन् । सशस्त्र द्वन्द्वको बेला एउटा परिवारमा उत्पन्न विवाद र त्यसले बालमनोविज्ञानमा परेको प्रभावमाथि चलचित्र बनेको छ ।

प्रतिक्रिया