राष्ट्रको राजनीतिक जीवनको इतिहास

नेपालको राजनीतिक इतिहास २ सय ३७ वर्षीय (कुलमण्डन शाहका अन्तिम उत्तराधिकारी ज्ञानेन्द्र शाह) राजतन्त्र समाप्त भएको एक दशक पूरा हुन केही समय अगाडि विश्लेषण प्रारम्भ गरेको अवस्था हो । कुलमण्डन शाहको ‘क’ बाट प्रारम्भ भएर नेपाली देवानगरी लिपीको ३६ अक्षर ‘ज्ञ’ पुग्दाको अवस्थामा ३६ पुस्ता शाहवंशले पूरा गरे कि गरेनन् इतिहासमा प्रष्ट छैन । ज्ञानेन्द्र शाह नेपाल अन्तिम तानशाह कहलिए । कुलमण्डनका कान्छा छोरा यशोब्रम्ह शाहका माहिला छोरा द्रव्य शाहबाट गोरखा राज्य विस्तार भएको थियो । शाहवंशमा माहिला छोराहरूले इतिहास निर्माण र नाशबाण दुबै छ । कुलमण्डन शाहको माहिला छोरा लमजुङका राजा बनेपछि मारिए । त्यस्तै द्रव्य शाह पनि माहिला नै थिए । यिनले गोरखा राज्य निर्माण गरे । त्यसपछि पुरन्दर शाहका माहिला छोरा राम शाह पनि चर्चित राजा थिए, ‘न्याय नपाए गोरखा जानु’ भन्ने उक्तिको प्रसंगमा । माहिलाले प्रारम्भ गरेको गोरखा राज्यको अन्तिम उत्तराधिकारी राजा ज्ञानेन्द्र शाह नै नेपालको राजतन्त्र सिध्याउने मुख्य कारक तत्व बने । द्रव्य शाहले गोरखाको निःशस्त्र राजा छान्ने आर्थिक परम्पराको लिगलिगकोटको घले राजालाई दौडमा पराजित गरेको केही समयपश्चात् गोरखाकै मतुवाली खड्का राजालाई १६१६ सालमा पराजित गरेर राजा बनेका थिए । द्रव्य माहिलाका छोरा पुरन्दर शाहका राम माहिलाले गोरखा राज्यमा शासन गर्दै न्यायको नाममा जातभातको ठूलो सानो अनि उच्च र निच श्रेणी विभाजन गरेका थिए । माहिला राम शाहको पालामा ३६ जातको सम्बन्धमा ६ थर उच्च श्रेणीमा जस्तै पाण्डेय, पन्त, बोहरा, अर्याल, खनाल र राना अनि बाँकी १२ र १८ थरको मर्यादा क्रम जारी गरे । द्रव्य शाहको छोरा पुरन्दर शाहको जेठो छोरा छत्र शाहको ७ महिने शासनकालमै मृत्यु भएपछि राम माहिला राजा बनेका थिए । नरभूपाल शाह बाजे पृथ्वीपति शाहको मृत्युपछि गोरखाका राजा बनेका थिए । नरभूपाल शाहको माहिला छोरा पृथ्वीनारायण शाह विस्तारित नेपालको राजा बने । नरभूपाल शाहको दुबै रानी एकै समयमा गर्भवती भएपछि पृथ्वीनरायण शाह ७ महिनामा जन्मेका र बृदकेशर शाह ९ महिनामा जन्मेका समयमा गर्भको जेठो र ७ महिनामा जन्मेको माहिलाको उत्ताराधिकारी बहसमा हुँदैको अवस्थामा बृदकेशरको मृत्यु भएको थियो । यो मृत्यु पनि रहस्यमय नै रहेको इतिहासकार बताउँछन् । त्यसपछि पृथ्वीनारायण माहिलाको सत्ता पल्टेको अवस्था थियो । यसरी शाह वंशमा जेठाले उत्तराधिकारी तथा राजपाठ पाउने परम्परा माहिलाले जेठोको मृत्यु वा हत्या पश्चात् राजा बन्ने परम्परा पनि बसालेका थिए । माहिला छोरालाई राजपाठ निर्माण तथा विस्तार फलिफाप हुँदै विनासमा परिणत भए । समयका क्रमसँगै ज्ञानेन्द्र माहिलाले बृदकेशर शाहकै बाटोमा वीरेन्द्रको वंशनास देख्न सौभाग्य वा दुर्भाग्य माहिला स्वयं जान्दछन् । शाह वंशमा माहिला खतरानक र जेठो कम खतरानक शासकका रूपमा इतिहासका शब्द संसार व्यक्त गर्दछन् । नेपालको राजतन्त्रको अवशान जेठो भर्सेस माहिलो संघर्ष एउटा कारण थियो । अर्कोतिर राजा–राणाशासनको कालरात्री अनि राजा–वाम शासनको पञ्चायत हुँदै राजतन्त्र अलोकप्रिय भयो । यो त भयो शाह वंशीय माहिलाको रचना र विनासको कथाव्यथा ।

पृथ्वीनारायण शाहको उदय अगाडि बाइसे र चौबिसे राज्यहरूको अवशान भएको चर्चा हामीले अगाडि राखिसकेका छौँ । कुलमण्डन खानको खान वंशीय कपुरी ‘क’ बाट ज्ञानेन्द्र माहिलाको शाहवंशीय ‘ज्ञ’ सम्मको तुरूप स्वरूप :

१. कालु खान ‘क’
२. नरराज शाही ‘न’
३. यशोब्रह्म शाही ‘य’
४. द्रव्य शाह ‘द’
५. पुरन्दर शाह ‘प’
६. छत्र शाह ‘छ’
७. राम शाह ‘र’
८. पृथ्वीपति ‘प’
९. नरभूपाल शाह ‘न’
शाह वंशीय राज्य बिस्तारपछि
१. पृथ्वीनारायण शाह ‘प’
२. प्रतापसिंह शाह ‘प’
३. रणबहादुर शाह ‘र’
४. सुरेन्द्र शाह ‘स’
५. राजेन्द्र शाह ‘र’
६. गीर्वाणयुद्ध शाह ‘ग’
७. त्रैलोक्य शाह ‘त्र’
८. पृथ्वीविक्रम शाह ‘प’
९. त्रिभुवन शाह ‘त्र’
१०. महेन्द्र शाह ‘म’
११. वीरेन्द्र शाह ‘व’
१२. दिपेन्द्र शाह ‘द’
१३. ज्ञानेन्द्र शाह ‘ज्ञ’
जेठो भर्सेस माहिला कालखण्डीय दृष्टिकोण
१. मिचाँ खान, माहिला
२. कुलमण्डन खान, माहिला
३. कालु खान, माहिला
४. द्रव्य शाह, माहिला
५. राम शाह, माहिला
६. पृथ्वीनारायण शाह, माहिला
७. ज्ञानेन्द्र शाह, माहिला
जैत खानका पुत्र सूर्य खान, सूर्य खानका पुत्रहरू खाँचा खान र मिँचा खान, खाँचाका पुत्रहरू सतहुँ खान र गरहुँ खान, मिचाको पुत्रहरू भक्ति खान र विचित्र खान, विचित्र अर्थात कुलमण्डन खान पुत्रहरू नरराज खान र यशोब्रम्ह खान ।
शाहवंशीय इतिहासमा माहिला भाइहरूको इतिहास भयानक र डरलाग्दो हिंसाबाट सुरु भएको मानिन्छ । पृथ्वीनारायणले देशभरि युद्ध नीतिबाट साम्राज्यवाद विस्तारमा सबैभन्दा बढी हत्या र हिंसा भएका थिए । उनका उत्तराधिकारीहरूको शासनकालमा काजी तथा प्रधानमन्त्रीलगायत भाइभारदारहरूको पनि हत्या नै भएका थिए, कोतपर्वकै भयानक रूपमा जसरी दरवार हत्याकाण्डका वीरेन्द्रको वंशनाश भैmँ । त्यसैले शाहवंशको उदय जसरी भयो, अवशान पनि त्यसरी नै भयो । कुलमण्डन शाहको ‘क’ बाट विचरा ज्ञानेन्द्र शाहको ‘ज्ञ’ अन्तिम रह्यो । नाम पनि व्यञ्जन वर्णमा सीमित रह्यो, स्वर वर्ण त परिकल्पना पनि भएन छ । व्यञ्जन वर्ण क, ग, छ, ज, द, न, प, भ, म, य, र, व, स, त्र तथा ज्ञ वर्णबाट शाहवंशीय राजा नामाकरण भएको पाइन्छ । राम माहिलाले चलाएको सामाजिक थितिको जगमा हिन्दू वर्ण व्यवस्थामा आधारित जातीय व्यवस्थाले नेपाली समाज माथिल्लो र तल्लो जातमा विभाजित भए । ६ वटा उच्च थरमा आदिवासी मगर संलग्न छन् बाँकी सबै हिन्दू वर्ण व्यवस्थाअनुसारको प्रचलित वर्ण व्यवस्थमा आधारित रहेका छन् । गोरखालीहरूको विजयपूर्व राजनीतिक, सामाजिक तथा आर्थिक अवस्थाहरूको सरकारी अभिलेखहरू कम छन् । महेशचन्द्र रेग्मीको बिलम त्भलगचभ बलम त्बहबअतष्यल ष्ल ल्भउब िर ब्् कतगमथ ष्ल ल्भउबष् िभ्अयलयmष्अ ज्ष्कतयचथ ले तत्कालीन समयको भूमि व्यवस्था बारेको चित्र निम्न बमोजिम रहेको पाइन्छ ।
१) राज्यभित्रको समस्त भूमिराज्यको अधिकार भएको मानिन्थ्यो
२) सम्पत्तिको प्रमुख स्रोतको रूपमा मानिएको भूमिलाई बाँझो राख्ने कुरा मान्य हुँदैनथ्यो
३) भूस्वामित्वले व्यक्तिको सम्पन्नता तथा प्रतिष्ठाको प्रश्न बुझाउथ्यो
भूमि राज्यको, खेतीपातीको ३ भागमा आधा पहाडमा एक भागमा राज्यलाई कर तिर्नुपर्ने तथा बाँझो राख्न नपर्ने तथा जरिवाना तिराउने चलनसँगै भूस्वामित्वले व्यक्तिको सम्पन्नताले कृषकको प्रतिष्ठा बुझाउने भएकोले जमिनप्रति शासक र शासित दुवैको मोह व्यापक थियो । शासकले प्रशासन चलाउन जमिनलाई जागिर विर्ता तथा राजबन्दी जमिन आदिमा जमिनको उपयोग हुन्थ्यो । जागिर खानेहरूले नगद अभावमा जागिर र विर्ताको रूपमा कर्मचारीलाई जमिन दिन्थ्यो भने राजाले दुनियाँलाई रुपैयाँ लिएर दिएको जमिनलाई राजबन्दी जमिन भन्ने चलन थियो । जागिरवापत पाएको जमिनको उत्पादनको हिस्सा राज्यलाई दिनु पर्दैनथ्यो । विर्तावापत प्राप्त जमिन स्वामित्वसमेत प्रापकको हुने व्यवस्था थियो । तत्कालीन समयमा जमिनको मापदण्ड जग्गाको नाम र उब्जाउ भूमिका शब्दहरू खण्ड, कार्य, रोपनी र मुरी आदि नामले प्रचलनमा थियो पशुपालन, व्यापार तथा उद्योगधन्दा प्रारम्भ भएको थियो । उद्योगहरूमा वस्त्र, भाँडाकुडा बनाउने खानी उद्योग, मूर्तिकला उद्योग, रंग, कागज तथा तेल उद्योग थियो ।
समाजशास्त्रीय आर्थिक विकासको दृष्टिकोणबाट यो राज्य व्यवस्था र समाजको विश्लेषण गर्दा जानतालाई सेवा नभएर आदिकालदेखिको भूमिपुत्रलाई भूमिहीन बनाई जमीनको आम्दानी आधा भाग राज्यले असुल्ने, जमिन आफ्ना शासन सत्ता टिकाउन सत्ता सञ्चालनमा सहयोग गर्नेहरूलाई जागिर र विर्ताको रूपमा वितरण गरी आसेपासेको गृहस्थी जीवन सञ्चालन गरेको पाइन्छ । जनताको जमीनलाई जनताको ऋण खाएवापत राजबन्दी जमीन तथा जनताले निःशुल्क श्रम राज्यलाई दिनुपर्ने भारा प्रथा हुँदै हलिया, कमैया, कम्लरी, हरूवा–चरुवा आदि विपन्न समाज निर्माणको जग पृथ्वीनारायण शाहको वंशको शासनकालमा बस्थ्यो । आदिवासी भाषा, धर्म सांस्कृतिक, भेषभूषा तथा भूमिपुत्रीय पहिचान समाप्त पार्दै खसभाषा तथा हिन्दू धर्मको नियन्त्रणमा नेपाली समाजले लामो समय गुजारेको पाइन्छ । गाउँ–गाउँमा जिल्ला–जिल्लादेखि सहरसम्मको परिवार, नाता तथा विवाह आदि परम्परागत संघसंस्थामा एक भाषा तथा एक धर्मको शासकीय परिणामले ४ वर्ण ३६ जातको पूmलबारीको नाममा शिक्षा र चेतनाको शून्यता रहेको समाजमा आदिवासी जानजाति तथा अल्पसंख्यक समुदायलाई पूर्णरूपमा गरिबी र बहिष्करणमा पार्दै खस सम्प्रदायलाई जागिर तथा विर्ताद्वारा समृद्धशाली बनाइएको पाइन्छ ।
धर्म परिवर्तन तथा परसंस्कृति ग्रहण आदि प्रक्रियामा गुरुङ, नेवार, मगर, राई, लिम्बू तथा तामाङ समुदायलाई व्यापक दबाब दिएर आक्रान्त बनाई उत्पीडन दिएर राज्यशक्तिलाई सन्तुलनमा राखेको पाइन्छ । राज्यलाई धर्मभन्दा बाहिर राख्न नसक्नु तथा राज्य धर्मप्रति तटस्थ नबस्नु नै अलोकतान्त्रिक उत्पीडनको व्यवस्था हो । कुनै पनि धर्मलाई राज्यको धर्म बनाउनु देशलाई धार्मिक युद्धतिर लैजाने कामले (हिन्दू सम्राट ज्ञानेन्द्र शाहको) शासकको अवशान हुन्छ । लोकतन्त्रको खातिर, किनकि अन्य धर्मावलम्बीहरू असन्तुलित भई देशमा धार्मिक द्वन्द्व उत्पन्न भई राष्ट्रिय एकता, सदभाव तथा राष्ट्रियतामा गम्भीर आँच आउँछ । राजा–राणा तथा राजा–वाम (पञ्चायत)को शासन यही जग्गामा चलेको थियो । ००७ सालको क्रान्तिले गणतन्त्र दिन असफल भए पनि लोकतन्त्रको १० वर्षीय अभ्यास कालमा (००७–०१७) लोकतान्त्रिक अभ्यास र संघर्षको चेतना सम्भव भयो । ०१७ सालमा राजा–वाम शासनले लोकतन्त्रलाई ‘कु’ गरेता पनि ०४६ सालमा संवैधानिक राजतन्त्रसहितको लोकतन्त्र
पुनःस्थापना भयो ।

प्रतिक्रिया