जालसाजी र गैरकानुनी रूपमा मतदान गरेको ट्रम्पको दाबी

WASHINGTON, DC - JULY 23:  Donald Trump listens at the Trump International Hotel Washington, D.C Groundbreaking Ceremony at Old Post Office on July 23, 2014 in Washington, DC.  (Photo by Paul Morigi/WireImage)

वासिङटन, १४ मंसिर । अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा विजय हासिल गरेका डोनाल्ड ट्रम्पले विनाथप प्रमाण आइतबार निर्वाचनमा मतदाताबाट गम्भीर जालसाजी भएको र लाखौँ व्यक्तिले गैरकानुनी रूपमा मतदान गरेको दाबी गरेका छन् । उनले आफ्ना भनाइ प्रमाण नदिइकनै ट्वीटरमा व्यक्त गरेका हुन् ।

ह्वाइट हाउसतर्फको मार्गमा सबैलाई चकित बनाउँदै प्रवेश गरेका ट्रम्पले डेमोक्र्याटिक पार्टीका प्रतिद्वन्द्व हिलारी क्लिन्टनभन्दा कम लोकप्रिय मत प्राप्त गरेका छन् । क्लिन्टनले ट्रम्पको भन्दा २२ लाख बढी मत प्राप्त गरे पनि ट्रम्पले इलेक्टोरल कलेजमा बढी मत प्राप्त गरेका छन् । र यसैका आधारमा अमेरिकामा राष्ट्रपति पदको निर्वाचन निर्धारण हुन्छ ।

रिपब्लिकन पार्टीका अर्बपति ट्रम्पको पछिल्लो भनाइमा लाखौँ व्यक्तिले गैरकानुनी रूपमा मतदान नगरेको भए आफूले लोकप्रिय मत पनि बढी प्राप्त गर्ने दाबी गरिएको छ । विसकनसिन राज्यमा पुनः मतगणना हुनेतर्फ पाइला अगाडि बढेको अवस्थामा ट्रम्पको भनाइ आएको हो । उक्त राज्यमा ट्रम्पले विजय हासिल गरेका थिए । पुनः मतगणनाको कार्य हुननदिन ट्रम्प तथा उनका सहयोगीहरूले कडा प्रयास गरेका छन् र उनले यसअघि क्लिन्टनले निर्वाचन प्रक्रियालाई सम्मान गर्नुपर्ने भनी अनेकौँ ट्वीट गरेका छन् ।

निर्वाचन अगाडि ट्रम्पले निर्वाचनको नतिजामा धाँधली हुने चेतावनी दिएको थिए भने नोभेम्बर महिनामा अनपेक्षित रूपमा विजय हासिल गरेपछि उनले त्यस्तो कुनै गुनासो गरेका छैनन् । ट्रम्पले ट्वीटमा भर्जिनिया, न्यु ह्याम्पसर र क्यालिफोर्नियामा पनि गम्भीर जालसाँजी भएको र आमसञ्चारले यस्तो समाचार नदिएको भनी आरोप लगाए । कुनै पनि निर्वाचन सुपरीवेक्षकले व्यापक जालसाजी भएको टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया