विश्व चर्चित क्यूबाली क्रान्तिका महानायक क्रान्तिकारी राजनेता फिडेल क्यास्ट्रो ९ँमभ िब्भिवबलमचय ऋबकतचय च्गश० को जन्म १३ अगस्ट १९२६ मा भएको थियो । यही २६ नोभेम्बर २०१६ का दिन उनको देहवसान भयो । वास्तवमा उनी क्यूबाली क्रान्तिका अग्रज नेता र प्रमुख प्रणेता थिए । उनी १९५९ को फेबु्रअरीदेखि १९७६ को डिसेम्बरसम्म क्यूबाको प्रधानमन्त्री र त्यसपछि क्यूबाको राष्ट्रपति रहे । उनले २००८ मा स्वेच्छाले पदत्याग गरे । उनी बाचुञ्जेल क्यूबाको कम्युनिस्ट पार्टीको प्रथम नेता रहेका थिए । क्यास्ट्रोलाई विश्वमा अमरिकी साम्राज्यवाद विरोधी एक सशक्त नेताको रूपमा विश्वभरी नै चिनिन्थ्यो र चिनिन्छ ।
फिडेल क्यास्ट्रोको जन्म क्यूबाको फिडेल अलेजांद्रो क्यास्ट्रो परिवारमा भएको थियो । जुन परिबार निकै समृद्ध मानिन्थ्यो । क्यास्ट्रोले क्यूबाकै हवाना विश्वविद्यालयबाट कानुनमा डिग्री हासिल गरेका थिए । आपूm स्वयं सम्पन्न परिवारको भए पनि देशका बहुमत जनता गरिबीको खाडलमा रहेको तथा धनी र गरिबबीच ठूलो अन्तर देखेर उनी अत्यन्तै चिन्तित र दुःखी थिए । यसै कारणले उनी माक्र्सवादी लेनिनवादी सिद्धान्तप्रति आकर्षित भए र आमूल परिवर्तको क्रान्तिकारी बाटो समाते । १९५३ मा उनले क्यूबाका तत्कालीन राष्ट्रपति फुलगेन्सिया बाटिस्टाकोे सत्ताका विरुद्ध हतियार उठाए । जनक्रान्ति आरम्भ गर्ने उद्देश्यले २७ जुलाईका दिन उनले आफ्ना १ सय कमरेडहरूका साथ सेन्टियागो डी क्यूबामा सैनिक ब्यारेकमाथि हमला गरे । तर, त्यसमा सफल हुन सकेनन् । त्यस हमलापछि उनी र उनका भाइ राउल बच्न त बचे तर उनीहरूलाई जेलमा थुनियो दुई वर्षपछि उनीहरूलाई जेलबाट रिहा गरियो । तर, क्यास्ट्रोले बाटिस्टा शासनको विरुद्धको आफ्नो अभियान छोडेनन्, जारि राखे । यो अभियान उनले म्याक्सिकोमा निर्वासित जीवन बिताउँदै अघि बढाए । उनले एउटा छापामार संगठन बनाए जसलाई ‘२६ आन्दोलन’ नाम दिइएको थियो ।
फिडेल क्यास्ट्रोका क्रान्तिकारी आदर्शहरूलाई क्यूबा र अन्यत्र पनि ठूलो समर्थन रहेको थियो र अद्यापि रहेको छ । उनको संगठनले बाटिस्टा शासनसत्तालाई पल्टाइदियो । त्यो शासनसत्ता वास्तवमा व्यापक भ्रष्टाचार, असमानता र जनताका अनेकौँ किसिमका समस्याहरूको केन्द्रविन्दु मानिन्थ्यो । क्यूबाका नयाँ क्रान्तिकारी शासनलाई सहयोग प्रदान गर्नमा अर्जेन्टिनाका क्रान्तिकारी नेता चे गुग्वारा पनि थिए । उनले आमजनतालाई जमिन प्रदान गर्ने र गरिबीको अन्त्य गर्ने अधिकारको रक्षागर्ने प्रतिबद्धता जाहेर गरेको थियो ।
क्यूबामा फिडेल क्यास्ट्रोले आफ्नै क्यूबाली चरित्रको क्रान्तिमा जोड दिँदै प्रतिनिधिमूलक लोकतन्त्र र सामाजिक न्याय त्यसका वास्तविक तत्व हुन् भन्ने कुरा प्रष्ट पारे । उनले माक्र्सवादी लेनिनवादी सिद्धान्तको सारतत्वलाई क्यूबाली समाज सुहाउँदो किसिमले प्रयुक्त गरे । यी सबै कारणले गर्दा क्यास्ट्रोलाई तत्कालीन अमेरिकी राष्ट्रपति ड्वाइट आइजनआवरले लगाम कस्ने निक्कै कोशिस गरे तर अन्ततः केही नलागेपछि आपूmले क्यास्ट्रोलाई पूर्वसोभियत संघ तथा त्यसका तत्कालीन नेता खु्रस्चेभको हातमा धकेलिइदिएको दाबी पनि गरे । हुन पनि त्यस बेला क्यूबा शीत युद्धको अखडा जस्तै नै बनेको थियो । त्यस क्रममा अमेरिकाले १९६१ फिडेल क्यास्ट्रोको शासनसत्ता पल्टाउने प्रयत्न पनि ग¥यो । त्यसका लागि उसले निर्वासनमा बसेका क्यूबालीहरूको एउटा सेना नै गठन गरेर आक्रमण गराएको थियो । क्रान्तिकारी क्यूबाली सेना र जनताले त्यस आक्रमणको दृढतापूर्वक सामना गरे । त्यस घटनामा धेरै मानिसहरू मारिए भने झन्डै एक हजार जति पक्राउ पनि परे ।
त्यस घटनाको एक वर्षपछि अमेरिकाको एउटा जासुसी विमानले के पत्तो लगायो भने सोभियत संघले केही मिसाइल्सहरू (प्रक्षेपास्त्रहरू) क्यूबातर्पm पठाउँदै छ । त्यसको प्रतिरोधमा अमेरिका पनि उत्रियो । यस्तो स्थिति खडा भयो कि अब तेस्रो विश्वयुद्ध सुरु हँुदै छ र त्यो भयानक ठूलो परमाणु युद्ध हुनेछ । अमेरिका र सोभियत संघ विश्वका दुबै महाशक्तिहरू एक अर्काको सामुमा पुग्न थालेका थिए । तर, सोभियत नेतृत्वले क्यूबाबाट आफ्ना मिसाइल्सहरू फर्काएर समस्याको निकास खोज्यो । त्यसको साटोमा अमेरिकाले पनि तुर्कीबाट गुप्तरूपले आफ्ना आणविक हात हतियार हटायो । यसरी परमाणुसहितको तेस्रो विश्व युद्ध त्यतिबेला ट¥यो ।
यो परिप्रेक्षमा क्यूबाको क्रान्तिकारी नेतृत्व अमेरिकाको नेतत्वसँग सन्तुष्ट थिएन । त्यसैले अमेरिकालाई क्यास्ट्रोले विश्वकै एक नम्बरको दुश्मन मान्दथे । किनभने एकजना क्यूबाली मन्त्रीका अनुसार अमेरिकाको गुप्तचर संस्था सिआइएले कम्तीमा एक सयपटक क्यास्ट्रोलाई मार्ने षडयन्त्र रच्यो र कोशिस ग¥यो भनिन्छ । त्यस क्रममा उनलाई मार्ने एउटा तरिका के पनि सोचेको कुरा प्रकाशमा आएको थियो भने फिडेल क्यास्ट्रो सिगार पिउने गर्दछन् । उनी सिगारको शौखिन भएकाले त्यही सिगारमा बिस्फोटक भरेर उनलाई पिउन दिने र मार्ने ! त्यस बाहेकका अन्य षड्यन्त्रकारी र अपमानजनक गतिविधिद्वारा क्यास्ट्रोलाई मार्ने उपायहरू पनि नगरिएको होइन । तर, ती सबै तुहिएर गए र कुनै पनि सफल भएनन् ।
चिनी उत्पादन गर्ने क्यूबाको सबैजसो चिनी तत्कालीन सोभियत संघले किनिदिन्थ्यो । अनि आपूmले खाद्यान्नलगायत सबैजसो सामग्रीहरू ठुल्ठूला जहाजमा राखेर क्यूबा पठाइदिन्थ्यो र अमेरिकाले क्यूबामाथि लगाएको व्यापारिक नाकाबन्दीको असरलाई परास्त गर्न या कम गर्न यसले निकै ठूलो मद्दत पु¥याएको थियोे । वास्तवमा त्यतिबेला अमेरिका र उसका मित्र देशहरूले नाकाबन्दी र व्यापार प्रतिबन्ध लगाएका कारण क्यूबा धेरै मात्रमा सोभियत संघसँगको व्यापारमा निर्भर हुन पुृगेको वा बाध्य भएको थियो ।
क्यूबा व्यापारको मामिलामा सोभियत संघमा यसरी ठूलो निर्भरता रहेको भए पनि असंलग्न आन्दोलनको एउटा सशक्त देश थियो । संयुक्त राष्ट्र संघमा होस् या असंलग्न आन्दोलनका विश्व मञ्चहरूमा क्यूबाका नेता क्यास्ट्रोको प्रभावकारी र सशक्त भाषण सुन्न मानिसहरू लालायित हुन्थे । उनले तेस्रो विश्वका समस्याहरूका पछाडि अमेरिकी साम्राज्यवादी षड्यन्त्र र हस्तक्षेप रहेको कुरा उदांगो पार्ने गर्दथे । पछि सोभियत संघको विघटन हुँदा क्यूबाको अर्थव्यवस्था नराम्रोसँग विचलित हुने स्थितिमा पुग्यो । गोर्भाच्योबको सोभियत भूमिकाको क्यूबाले विरोध गरेपछि एकातिर सोभियत संघसँगको व्यापार बन्द भयो भने अमेरिकी नाकाबन्दी पहिलादेखि नै छँदै थियो । त्यसले गर्दा क्यूबा ठूलो संकटको भुवरीमा फँस्यो । तथापि क्यास्ट्रोको धैर्यशाली र क्रान्तिकारी नेतृत्वका कारण क्यूबाले कुनै हिम्मत हार्ने काम गरेन । यद्यपि अमेरिकाले क्यूबाको त्यो नाजुक स्थितिबाट फाइदा उठाउन र सत्ता पल्टाउन क्यूबाबाट क्यूबालीहरूलाई अमेरिकाको फ्लोरिडातर्पm पलायन गराउने काम पनि ग¥यो । त्यसले गर्दा क्यूबामा समस्या झन थपियो नै । यो पनि क्यास्ट्रोविरुद्धको अन्तिम प्रहार थियो । क्यास्ट्रोको छोरी एलिनालाई समेत हतियार बनाएर अमेरिकाको मियामीमा शरण दिइयो । तर, क्यूबाले यी सबै समस्याको समाधानमा अनेक उपायहरूको खोजी गरियो । शतप्रतिशत जशो(९८ प्रतिशत) साक्षरता र सबैलाई निःशुल्क स्वास्थ्य सुविधा त क्यूबाका विशेषता नै बनेका थिए । अहिले पनि विकसित देशको तुलनामा समेत क्यूबामा शिशु मृत्य दर कम रहेको छ ।
क्यूबाले अनुभवहरूबाट शिक्षा लिँदै अनेकौँ कठिनाइहरू हुँदाहँुदै पनि एउटै देशसँग व्यापारमा निर्भरताको अन्त्य ग¥यो र आर्थिक प्रगतिमा पनि सन्तुलनको नीति अपनाउँदै जनताको जीवनस्तर उकास्न र जनजीवनमा सुख सुविधा पु¥याउन व्यापक जन जागरण र विकास जनसहभागिता तथा सक्रियता बढाएर समस्या समाधान गर्ने सही बाटो अबलम्बन ग¥यो । फिडेल क्यास्ट्रो बाचुञ्जेलसम्म उनको नेतृत्वमा क्यूबा बाह्य हस्तक्षेपको मुकाबिला गर्न तत्पर मात्र रहेन त्यसमा अन्य दक्षिण अमेरिकी मुलुकहरूलाई पनि साथ लिएर चल्न सक्षम रहेको हो र अहिले पनि रहेको छ । भेनेजुएलाका ह्यूगो चाभेज क्यास्ट्रोका घनिष्ठ मित्र यसै कारणले रहेका हुन् । वास्तवमा अनेक समस्याहरूको व्यावहारिक समाधान खोज्दै र बाह्य हस्तक्षेपका अनेक हतकण्डाको सामना गर्दै क्यूबाले फिडेल क्यास्ट्रोको नेतृत्वमा जुन समाजवादी दिशामा मुुलकलाई अघि बढाउने भरमग्दुर कोशिस गरिरहेको थियो र छ त्यो विश्वकै लागि सराहनीय र अनुकरणीय छ । यो वास्वतमा क्यास्ट्रोजस्ता व्यावहारिक, दृढ संकल्पित र निष्ठावान नेताकै कारण सम्भव भएको धेरैले औँल्याउने गर्दछन् । अब क्यास्ट्रोको निधनपछि क्यूबा कसरी अघि बढला भन्ने चिन्ता र चासो विश्वभरी नै छ । क्यूबाली जनताले क्यूबाको क्रान्ति र यसका उपलब्धीहरूलाई जोगाउनेछन् र फिडेल क्यास्ट्रोको परम्परालाई कामय राख्नेछन् भन्ने धेरैले विश्वास लिएका छन् ।
प्रतिक्रिया