उषा र सुधांशुले कसे लगनगाँठो

sudamsa-and-usha-3काठमाडौं, ११ मंसिर । अभिनेत्री उषा पौडेल तथा अभिनेता सुधांशु जोशी विवाहबन्धनमा बाँधिएका छन् । उनीहरूले बिहीबार अमेरिकाको बाल्टिमोरमा हिन्दू परम्पराअनुसार विवाह गरेका हुन् । उनीहरूको विवाहमा हाल अमेरिका बसिरहेका नेपाली फिल्मकर्मी पनि सहभागी भएका थिए । विवाहमा नायिका ऋचा घिमिरे परिवारसहित सहभागी भएकी थिइन् भने झरना थापा दम्पत्ती, अरुणिमा लम्साल, पूजा चन्द पनि उनीहरूको विवाहमा उपस्थित थिए ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुना मदन’बाट ‘मुना’ बनेर नेपाली रजतपटमा डेब्यू गरेकी उषाले केही भारतीय टिभी शृंखलामा पनि काम गरेकी थिइन् । नेपाली फिल्ममा उल्लेखनीय प्रगति नभएपछि मुम्बई हानिएकी उनी केही समयदेखि अमेरिका बस्दै आएकी छन् । उषाका पति सुधांशु जोशी पनि केही नेपाली फिल्ममा अभिनय गरेपछि अमेरिका भाषिएका थिए । उनले ऐतिहासिक फिल्म ‘सीमारेखा’मा मुख्य अभिनेता थिए ।

प्रतिक्रिया