बेलायतमा खुल्यो ‘ई–मिडिया हब’

e-midia-hubकाठमाडौं, ११ मंसिर । बेलायतमा रहेका दर्जन बढी नेपाली सर्जकहरूले ‘एभरेस्ट इन्टरटेनमेन्ट एन्ड मिडिया हब’ नामक कम्पनीको सुरुआत गरेका छन् । कम्पनीले सूचना र मनोरन्जनको क्षेत्रमा काम गर्नेछ । बेलायतको अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा २० नोभेम्बरमा आयोजित सेयरहोल्डर मिटिङ तथा प्रेस मिट कार्यक्रममा ई–मेडिया हब लिमिटेडको बोर्ड अफ डायरेक्टरहरूको चयनसहित वर्ष २०१६÷२०१७ सिजन १ र सिजन २ का कार्यक्रमहरू सार्वजनिक समेत गरिएको छ ।

साधरण भेलाले कम्पनीको सिइओमा ईश्वर चाम्लिङ चुनिएका छन् भने चिफ फाइनान्सियल अफिसरमा कृष्ण मेन्याङ्बो र मुकेश राई, चिफ अपरेटिङ अफिसरमा नवराज राई तथा किसन राई, चिफ एड्मिनिस्ट्रेसन अफिसरमा किशोर पुन, चिफ मार्केटिङ अफिसरमा किरण चाम्लिङ र दीपक राई, चिफ मेडिया अफिसरमा जानुका राई र भूमिराज राई चुनिएका छन् ।

प्रेस मिटलाई सम्बोधन गर्दै सिइओ चाम्लिङले सिजन–१ मा न्यु इयर इभ डान्स पार्टीसँगै इमेडिया हब जन्मोत्सव कार्यक्रमको आयोजना गरिने र सिजन–२ मा नेपालबाट चर्चित कलाकारहरू मनोज गजुरेल, रेवत राई, मेलिना राई र माला लिम्बु सहितको सांगीतिक कार्यक्रमहरू बेलायतको विभिन्न सहरहरूमा आयोजना गरिने जानकारी दिए ।

प्रतिक्रिया