६ महिनाभित्र ‘बक्स अफिस’ कार्यान्वयन हुने

chal-chitraकाठमाडौं, १० मंसिर । नेपाल चलचित्र निर्माता संघको कार्यशैलिप्रति असन्तुष्ट हुँदै ‘चलचित्र निर्माता संघ नेपाल’ स्थापना गरेका चलचित्रकर्मीले अबको ६ महिनामा बक्स अफिस कार्यान्वयन गराई छाड्ने बताएका छन् । पछिल्लो समय ‘बक्स अफिस’ चलचित्रकर्मी नेताका लागि लोकप्रिय नारा बनेको छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले पनि बोर्ड अध्यक्ष भए लगत्तै बक्स अफिस स्थापनालाई जोडतोडका साथ उठाएका थिए । निर्माता संघ नेपालका पदाधिकारीले काठमाडौंमा कार्यक्रम गर्दै भने ‘हामीले चलचित्र व्यवसाय गरेपछि विनाझन्झट स्पष्ट खर्च र आम्दानी देखियोस् भन्ने चाहन्छौँ । स्पष्ट होऔँ कि हाम्रो चाहना बक्स अफिसको प्रावधान मात्र नभई कार्यान्वयन हो ।’

विदेशी चलचित्र प्रदर्शनको पक्षमा निश्चित मापदण्ड निर्माण हुन गर्नुपर्ने पनि उनीहरूको मान्यता छ । विश्वका सबै मुलुकहरूमा यस्ता मापदण्ड हुने गरेको भन्दै अध्यक्ष नवल खड्का भने, ‘व्यवस्थित प्रदर्शन, सर्भर चार्ज, सेयरको बाँडफाँडका विषयलाई अघि बढाउने छौँ ।’

उनले चलचित्र क्षेत्रमा थुप्रै संघसंस्थाहरू जन्माए पनि ती संस्थाहरूलाई अध्यक्षलगायत पदाधिकारीले दुहुनो गाई बनाएको उनीहरूले आरोप लगाए । ‘यही पवृत्तिले आशातित कार्यहरू गर्नै सकेन । अझ विधान विपरीत निर्माता संघ आर्थिक अनियमितामा चुर्लुम्म डुब्यो । हामी यसको समीक्षा गर्छांै’ महासचिव विमल पौडेलले भने ।

प्रतिक्रिया