मदनलाई ‘ब्वाइफ्रेन्ड’ले फर्कायो

boyfriend-copyकाठमाडौं, १० मंसिर । करिब ३ वर्ष विश्राम लिएका मदन घिमिरे फेरि चलचित्र निर्देशनमा जुर्मुराएका छन् । ‘ब्वाइफ्रेन्ड’ चलचित्रमार्फत उनी निर्देशनमा पुनः क्रियाशिल हुन लागेका हुन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको शुभमुर्हूतसमेत गरिएको छ ।

चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले क्यामर सुइज अन, पत्रकार राजन घिमिरेले नरिवल फुटाएर गरिएको मुहूर्तको निर्देशन चलचित्र निर्माता संघ नेपालका अध्यक्ष नवल खड्काले गरेका थिए । कार्यक्रममा कलाकार सरोज खनाल, महिमा सिल्वाल र पुष्कर घिमिरेले चलचित्रको केही डाइलग बोल्दै मुहूर्त सट दिए । बुढाथोकी फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा प्रस्तुतकर्ता सूर्य बुढाथोकी रहेको चलचित्रका कार्यकारी निर्माता सैलेजा श्रेष्ठ र निर्माता कुष्ण खनाल रहेका छन् । चलचित्रमा सरोज खनाल, पुष्कर रेग्मी, महिमा सिल्वाल, सोनम थापा, श्याम मिश्रलगायतको अभिनय रहनेछ ।

युवा पिडीमा मौलाएको ब्वाइफ्रेन्ड र गर्लफ्रेन्ड बनाउने विषय चलचित्रले आफ्नो कथा बनाएको निर्देशक मदन घिमिरेले बताए । कमर्सियल चलचित्र निर्देशनमा अलग्गै परिचय बनाएका घिमिरेले यो चलचित्र पनि कमर्सियल नै हुने जानकारी दिए । चलचित्रमा टंक बुढाथोकी र सोनाम शेर्पाको संगीत, शंकर महर्जनको द्वन्द्व र पुनम राईको नृत्य रहनेछ ।

प्रतिक्रिया