अभिनयमा भविष्य खोज्दै आहाना

aahanaकाठमाडौं, ९ मंसिर । सानै उमेरदेखि अभिनयमा रुचि राख्दै आएकी आहाना भट्टराई ‘प्रतिक्षा’ले अभिनयमै भविष्य खोज्ने बताएकी छन् । सुनसरीको इटहरीको गरिमा कलाकेन्द्रमा नृत्य प्रशिक्षणसमेत लिएकी आहानाको इच्छा भविष्यमा स्थापित कलाकार बन्ने रहेको छ ।

इटहरीबाट अभिनयको अवसर खोज्दै उनी काठमाडौंसम्म आएकी हुन् । उनले विभिन्न डकुड्रामा तथा छोटो चलचित्रहरूमा अभिनय यात्रा पनि सुरु गरिसकेकी छन् । केही चलचित्रहरूमा नृत्य गरिसकेकी उनले स्टेजहरूमा समेत प्रस्तुत् भइसकेकी छन् । नृत्य र अभिनयलाई आफ्नो अभिष्ट मानेकैले उनी काठमाडौंमा रहेको बताउँछिन् । एनटिभी प्लसबाट प्रसारण भइरहेको टेली सिरियल ‘ल्याप्चे’ मा नियमित अभिनय गर्दै आएकी उनी म्युजिक भिडियोहरूमा समेत उत्तिकै सक्रिय रहेकी छन् ।

कला क्षेत्रमा लागेर देशको सेवागर्ने आफ्नो इच्छालाई परिवारको समेत पूर्ण समर्थन रहेको बताउने उनले यो क्षेत्रबाट समाजसेवा गरेर देशविकासमा सहयोग गर्ने लक्ष्य रहेकोसमेत बताएकी छन् ।

प्रतिक्रिया