बारा, ९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले गढीमाई मन्दिरलाई लुम्बिनी र पशुपतिनाथको जस्तो धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताएकी छन् ।
बारा जिल्लाको गढीमाई नगरपालिकास्थित शक्तिपीठ गढीमाईको बुधबार पूजाअर्चनापछि आयोजित सभालाई सम्बोधन गर्दै उनले गढीमाईलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न बृहत्तर गुरुयोजना बनाई सरकारसमक्ष पेस गर्न सुझाव दिइन् ।
राष्ट्रपति भण्डारीले गढीमाईको विकास गर्ने गुरुयोजना कार्यान्वयनका लागि आफूले सरकारलाई घचघच्याउने आस्वासनसमेत दिइन् । गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहको सभापतित्वमा सम्पन्न उक्त सभामा समितिका सचिव मोतीलाल कुसवाहाले मन्दिरको विकासका लागि अबलम्बन गर्नुपर्ने नीतिमाथि प्रकाश पारेका थिए ।
प्रतिक्रिया