भोजपुर, ८ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले भोजपुर सदरमुकामका आगलागी पीडितहरूलाई सरकारले दिने राहत तथा पुनःस्थापनाका लागि तत्काल पहल थाल्ने बताएका छन् । गत, आइतबार भएको आगलागीबाट भएको क्षतिको अनुगमनमा मंगलबार भोजपुर पुगेका प्रधानमन्त्रीले पीडित परिवारहरूको अपेक्षा सुनेपछि यस्तो बताएका हुन् ।
प्रधानमन्त्री दाहालले आगलागीपीडितहरूका लागि राहातका प्याकेज बनाएर गृह मन्त्रलयमा पठाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिएका थिए । आगलागीपिडितका लागि राहातको प्याकेजमार्फत पुनस्थापना गरिने र आगामी दिनमा हुनसक्ने यस्ता विपदका लागिसमेत सरकारले नयाँ योजना बनाउनेसमेत प्रधानमन्त्रीले बताएका थिए ।
बजारको बाक्लो घनवस्तीमा भएको आगलागी तत्काल नियन्त्रण भएकोले कम क्षति हुन गएको बताउँदै आगामी दिनमा हुने यस्ता जोखिमलाई मध्यनजर गर्दै सरकारले विपद व्यवस्थापनको नयाँ नीति ल्याउनेसमेत प्रधानमन्त्री दाहालले बताएका छन् । गत, आइतबार भोजपुरमा भएको आगलागीबाट ८ घर पूर्णरूपमा जलेर नष्ट हुँदा १० करोड ५० लाख बरावरको क्षति भएको थियो ।
प्रतिक्रिया