मालतीको म्युजिक भिडियो ‘माझी नै’ सार्वजनिक (भिडियो सहित)

malatiकाठमाडौ ८ मंसिर । नेपाली संगीतको क्षेत्रमा संघर्षरत कलाकार गायिका मालती राईको पहिलो एल्बम मेरो भावमा समावेश गरिएको ‘माझी नै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दिनेश सुवेदीको शब्दमा रहेको ‘माझी नै हो रे माझी’ नेपाली लोक शब्दमा आधारित गीत भएको मालतीले सुनाइन् ।

‘बाटो तिमीले मोडेपछि वाचा तिमीले तोडेपछि, पागल पागल जस्तै भए म साथ तिम्ले तोडेपछि’ बोलको गीतबाट संगीतको यात्रा प्रारम्भ गरेकी मालतिले जीवनको उकाली ओरालीमा कति हन्डर र ठक्कर खाएकी छन् । ८ वर्षदेखि संगीतको सारेगम खेलाउँदै आएकी मालतीले निकै लामो समयको अभ्यास पछि गीति एल्बम ‘मेरो भाव’ लिएर आएकी हुन् ।

संगीतमा संख्यात्मक वृद्धिभन्दा पनि गुणात्मक वृद्धि खोज्ने मनका उनी पेसाले भने गायिका होइनन् । उनी व्यावसायीक ब्युटिसियन हुन् । उनले गर्ने काम र उनको जीवन जीउनलाई सहज बनाउने काम यही पेसा व्यवसायले गरेको उनको भनाइ रहेको छ ।

पुख्र्यौली घर खोटाङ जिल्लाको बुइपा भएकी उनी बाजे र बजुको साथ मोरङको पथरी–१ मा हुर्केकी हुन् । बाल्यकाल तराईमै बिताएकी हुन् । सानै उमेरदेखि गीत संगीतमा रुचि राखेर गुनगुनाउने गरेकी बताउँछिन् । खास गरेर कुन्ती मोक्तानको ‘कोही भन्छन् जीन्दगी यो कर्कलाको पानी जस्तै हो’ गीत जस्ताको तस्तै गाउन सक्थिन् । उनको गायकी सुनेर शिक्षकहरूले उनलाई प्रायः विद्यालयमा गीत गाउन लगाउने गरेको सुनाउँछिन् । उनले भनिन्, ‘सानो थिए तर गीत हुबहु गाउँथे । त्यही भएर स्कुलमा धेरैपटक गीत गाएको छु ।’ पछिपछि गाउँमा हुने सानोतीनो कार्यक्रमहरूमा सहभागी हुने गरेकी उनले देउसीभैलोमा विशेष अवसरहरू पाउने गरेकी थिइन् ।

राकेश राईको संगीत रहेको उक्त गीतको म्युजिक भिडियोमाको निर्देशन राकेश राईले गरेका छन् । चक्र महर्जनले छायांकन गरेको यस म्युजिक भिडियोमा सुरेश रानामगर, पुजा सुवेदीलगायतले अभिनय गरेका छन् । स्थानीय संघसंस्थाको कार्यक्रमहरूमा गीत गाउँदा प्रशंसा पाउँदै गएको त्यसले थप हौसला मिलेको बताउने उनले आफ्नो जीवनको उतारचढाव सुरु हुन नपाउँदै केही व्यावहारिक पाटोसमेत सम्हाल्न परेकाले त्यो बेला इच्छा अधुरो नै रहेको सुनाइन् ।

पछिल्लो समयमा जीवन धान्न कै लागि वैदेशिक रोजगारमा समेत गएर फर्किएकी छन् । उनी वैदेशिक रोजगारमा गएर स्वदेश फर्केपछि निरन्तर संगीतको साधना गरिरहेकी उनले गीतसंगीतमा आफ्नो भविष्य कसरी बनाउने होला भन्ने चिन्ता भने लिएकी छैनन् । उनी भन्छिन्, ‘गीत संगीत मरो अभिन्न साथी हो । यसबाट मलाई कमाएर खाउँदा छैन ।’ जीवन उनले निकै सास्तीहरू पनि खेपेकी छन् । आफ्नो भागमा परेको दुःखलाई उनले शिक्षाको रूपमा लिएको बताउँदै दुःख बिर्सनलाई गीत गाउन थालेको बताइन् । मोरङबाट गीतसंगीत सिक्नकै लागि भनेर उनी काठमाडौं, छिरेकी हुन् । सुरुमा फ्युचर कल्चर एकेडमीमा गुरु निरास मगरसँग संगीतको कखरा सिकेकी उनी हाल गुरुदेव कामदसँग शास्त्रीय संगीतको साधनामा रहेकी छन् ।

भिडियो हेर्न तल जानुहोस

प्रतिक्रिया