विद्यालयलाई भवन हस्तान्तरण

gorakhaगोरखा, ६ मंसिर, । गोरखा जिल्लाकोे नाम्जुङ–१ स्थित रातमाटेमा भूकम्पले क्षति पु¥याएको कालिका अमर प्राथमिक विद्यालयलाई नवनिर्मित ५ कोठे भवन हस्तान्तरण भएको छ ।

खाल्सा एड, बेलायको १८ लाख ९४ हजार लगानीमा निर्मित सो भूकम्पप्रतिरोधी भवनको जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदी र खाल्सा एड युकेका भारतस्थित प्रबन्ध निर्देशक अम्मरप्रित सिंले सयुक्तरूपमा उद्घाटन गरे । गतवर्षको भूकम्पले विद्यालय भवन भत्केपछि अस्थायी टहरोमा पठनपाठन सञ्चालन हँुदै आएको विद्यालयका प्रध्यानाध्यापक तिलप्रसाद काप्रीले बताए ।

नयाँ भवनमा सोमबारदेखि नै पठनपाठन सुरु गरिने प्रअ काप्रीले बताए । उक्त विद्यालयमा हाल ६६ जना विद्यार्थी पढ्दै आएका छन् । भवन हस्तान्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै जिशिअ सुवेदीले भने, ‘गोरखा जिल्लामा भूकम्पले क्षति पु¥याएका ४ सय ४९ विद्यालयमध्ये अहिलेसम्म ६६ विद्यालय भवनको पुनर्निर्माण भइसकेका छन्’ । उनले अन्य विद्यालय भवनको अभावमा जस्तापाताले छाएको टहरोमा पठनपाठन भइरहेको बताए ।

गोरखामा जाइकाको तर्फबाट विभिन्न २८ विद्यालय भवन निर्माण गर्ने सम्झौता भइसकेको छ । १ सय ७ ओटा मावि भवन निर्माण गर्ने स्रोत फेला परेको उनले बताए । विद्यालयमा कक्षा ५ मा पढ्दै आएका छात्र सुवास काप्रीले नयाँ भवन बनेपछि गर्मीको बेला घाम र चिसोमा चौरमा बसेर पढ्नुपर्ने बाध्यता हटेकोमा खुसी व्यक्त गर्दै भने, ‘नयाँ भवन बन्यो अब चौरमा बसेर पढ्नु पर्दैन’ । नयाँ भवन निर्माण भएपछि स्थानीय अभिभावक, शिक्षक तथा विद्यार्थीहरू खुसी भएका छन् ।

प्रतिक्रिया