‘थुन्चेको भारी बिसाउ“दै’ म्युजिक भिडियोमा आउने

silaकाठमाडौं, २ मंसिर । पछिल्लो समयमा सुगम संगीतमा उदियमान गायिका शिला राईको चर्चित गीत ‘थुन्चेको भारी बिसाउँदै’ बोलको गीतको म्युजिक भिडियो आउने भएको छ । पुराना पुर्वेली भाकाको लोक तथा आधुुनिक गीतका सर्जक शम्भु राईको रचना र संगीतमा रहेको उक्त गीतको म्युजिक भिडियो सुटिङ भर्खरै सकिएको गायिका राईले जनाएकी छन् ।

भिडियो आउनुपुर्व नै गीतको लिपसिङ मात्र युट्युबमा रहँदा नै दर्शकहरूले औधी रुचाएको गीत ‘थुन्चेको भारी बिसाउँदै’को म्युुजिक भिडियोमा चर्चित नृत्याङना पार्वती राईले अभिनय गरेकी छन् । उनलाई मोडल सौजन सुब्बाले साथ दिएका छन् भने लिसरा राई र गमला राईले पावर्तीलाई साथ दिएका छन् । यस्तै मोडल सुब्बालाई साथ दिएका छन् भने भरत टुटुवाल र महेश महर्जनले साथ दिएका छन् । क्यामेरामा रविन्द्र बराल, श्रृंगारमा लकेश थापा रहेका छन् ।

किरात संस्कृतिमा आधारित शब्दहरूको संयोजनामा बनेको गीतमा लोक संस्कृतिको झल्को दिने सामग्रीहरूको प्रयोग गरिएको भिडियोको निर्देशक सागर सुब्बाले जानकारी दिएका छन् । भिडियोको कोरियो ग्राफी नारायाण रिजालले गरेका हुन् ।

प्रतिक्रिया