काठमाडौं, ३० कात्तिक । नेपाली संगीतमा पृथक पहिचान बनाउन लागेकी रकपप गायिका सरुस्वती लामा आफ्नो दोस्रो एल्वम ‘उर्वसी’को अन्तिम तयारीमा रहेकी छन् । उनले आफ्नो एल्वमको अन्तिम तयारीमा रहेको भएपनि स्टेज कार्यक्रम तथा समाज सेवाको कामका कारण ढिला भएको बताएकी छन् ।
उनले आफ्नौ अध्यक्षतमा खोलेको उपकार वृद्धाश्रमको काम र काभ्रे चापाखोरी घर भएकी आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या रहेकी मञ्जुमाया तामाङका लागि सहयोग रकम जुटाउन लागेकीले पनि केही ढिलो भएको बताएकी छन् । हालै उनले मञ्जुको उपचारका लागि ४१ हजार रूपैंयाँ सहयोग जुटाएर बैंकमा जम्मा गरेकी छन् । मञ्जु ज्वरोका कारण दुबै कान नसुन्ने भै बिरामी भएकी थिईन् । कानको शल्यक्रिया गर्नको लागि घरायसी आर्थिक अवस्था कमजोर भएकोले सो उपचारको लागि गायिका लामाले सहयोग जुटाउन सुरु गरेकी हुन् ।
उनले भनिन्, ‘अस्ति मात्र ४१ हजार जम्मा भयो । अरूपनि कुरा भइरहेको छ ।’
उनै गायिका लामाले ‘उत्तरपुर्व’ एल्वमको सफलता पछि उत्तर पूर्व संगीत एण्ड सिनेमा प्रालि समेत दर्ता गरेर काम अगाडि बढाएकी छन् । उनले अब आउने एल्वम ‘उर्वसी’ को सबै गीतहरूको रेकर्ड भइसकेको जनाएकीछन् । उनले भनिन्,‘एउटा गीतको म्युजिक भिडियो समेत तयार भइसकेको छ । अब चाँडै विमोचन गर्छु ।’
प्रतिक्रिया