राई पत्रकारले वृत्तचित्र यात्रा गर्ने

काठमाडौं, २७ कात्तिक । किरात राई पत्रकार संघले मंसिर तेस्रो हप्ताबाट वृत्तचित्र यात्राको अभियान चलाउने भएको छ । इलामबाट सुरु हुने वृत्तचित्र यात्रा पूर्वाञ्चलका सबै जिल्लामा प्रदर्शन सकेर राजधानीमा भब्य समापन गरिने भएको छ ।

किरात राई पत्रकार संघले स्थापनाकालबाट नै सम्पूर्ण किरात राई पत्रकारहरूलाई एकताबद्ध गर्दै उच्च व्यावसायिक अभ्यास, प्राज्ञिक अध्ययन अनुसन्धान तथा ऐतिहासिक विषयवस्तुहरूको दस्तावेजीकरण गर्दै आएको बताउँदै अभियानका संयोजक राईले यो अभियानसमेत ऐतिहासिक हुने बताएका छन् ।

अग्रजले इतिहासमा पु¥याएको योगदान स्थानीय तहसम्म वृत्तचित्रमार्फत जानकारी गराउनु र नेपाली राजनीतिमा झनझन पेचिलो बन्दै गएको पहिचानका मुद्दासम्बन्धी आमसमुदायमा रहेको भ्रमको चिरफार गरी वास्तविकता उजागर गर्नु यस यात्राको उद्देय रहेको राई पत्रकारका अध्यक्ष दिपेन्द्र राई जनाएका छन् ।

यसको साथै किरात राई पत्रकार संघलाई संस्थागत रूपमा अगाडि बढाउन यस यात्राबाट जुटेको रकमले किरात राई पत्रकार कल्याणकारी कोषसमेत स्थापना गरिने उनले बताए । यस वृत्तचित्र यात्रामा पत्रकार जसकुमार राईद्वारा सहिद रत्नकुमार वान्तवाको जीवनीमा निर्माण तथा निर्देशन गरिएको वृतचित्र ‘बलिदान कहिले मर्दैन’ र किरात राई पत्रकार संघका निवर्तमान अध्यक्ष भीषण राईद्वारा पहिचानको विषयमा निर्देशित वृत्तचित्र ‘पहिचान’ प्रर्दशन गरिने छ ।

प्रतिक्रिया