दिवानसिंह राईको ‘रिकुटे’ सार्वजनिक

dewan-sing-ko-rikuteकाठमाडौं, २७ कात्तिक । दिवानसिंह राईद्वारा लिखित उपन्यास रिकुटे बिहीबार विमोचन भएको छ । कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा बरिष्ठ नेता रामचन्द्र पौडेलले संयुक्त रूपमा उक्त किताब विमोचन गरेका हुन् ।

रिकुटेमा भोजपुरको चालचलन, लवाइखुवाई, सांस्कृतिक चित्रण गरिएको छ । मोरङको रमाइलो झोडामा जग्गा वितरण गरिएको थियो । जग्गा वितरणमा त्यहाँका जनताले नमानेर देवनसिंहलाई पिटेर मारेको उल्लेख गर्दै त्यो हत्यारालाई अहिलेसम्म कारवाही नगर्नु राज्यको ठूलो कमजोरी हो भन्दै राज्य पक्षलाई अबदेखि त्यस्ता हत्याराहरू कोही पनि नछुटुन भन्दै खबरदारी गरेका छन् । दिवानसिंह राई विश्वेश्वरप्रसाद कोइरालासँगै सुन्दरीजल जेलमासमेत परेका थिए ।

सन् १९३९ देखि १९४५ सम्म चलेको विश्वयुद्धमा लाहुरेका रूपमा लडेका राईले गोरखा सैनिकका रूपमा महत्वपूर्ण भूमिका खेलेका थिए । २०१५ सालमा गृहराज्यमन्त्री भएका राई जेलमा बस्दा अस्तित्ववादबारे बिपीबाट प्रशस्त जानकारी लिएको साहित्यकार शैलेन्द्र साकारले बताए ।

कवि तथा लेखक हरि अधिकारीले राईको रिकुटे उपन्यासमा नेपालको पूर्वी भागको आञ्चलिकता तथा स्थानीय पात्र, कथानक, सहनसहन र सांस्कृतिकतालाई चित्रण गर्नु, नेपाली जनजीवनलाई प्रत्यक्ष वा अप्रत्यक्ष पारेको दोस्रो विश्व युद्धमा भर्ती भएका अधिकांश गोर्खालीहरूको जनजीवन र लाहुरेहरूको जनबोलीलाई प्रष्ट रूपमा ल्याउन खोजेका बताए । भोजपुरमा जन्मिएका राईको यसअघि निर्दोष हत्या उपन्यास पनि प्रकाशित भइसकेको छ । उपन्यासलाई शिखा बुक्सले प्रकाशन गरेको हो ।

प्रतिक्रिया