राई विद्यार्थीद्वारा कलाकारलाई कदर

kirabi-sanghaकाठमाडौं, २६ कात्तिक । किरात राई विद्यार्थी संघले देउसीभैलो कार्यक्रममा सहयोग गर्ने कलाकारहरूलाई कदरपत्र प्रदान गर्दै सम्मान गरेको छ । संघले चलाउँदै आएको ‘मुभ फर किरात स्टेट’ अभियानअन्तर्गत आयोजित देउसी कार्यक्रम गरेका थिए ।

संघको आठौ“ राष्ट्रिय सम्मेलन आगामी मंसिर २६, २७ र २८ गते इलाममा गर्ने तयारीमा रहेको संगठनले रेडियो नेपालबाट आयोजित जागरण गीत प्रतियोगितामा प्रथम भएका गायक केबी राई, कुलराज राई, जिवीहाङ राई, नृत्यमा रेखा राई, सुम्निमा राई, राधिका र समीक्षा राईलगायत कलाकारहरूलाई कदरपत्र प्रदान गरेको हो । संघको कार्यालय कोटेश्वर काठमाडौंस्थित सुम्निमा हलमा आयोजित कार्यक्रममा अध्यक्ष अर्जुन जम्नेली राईको हातबाट कदरपत्र र पुरस्कार स्वरूप नगदसमेत प्रदान गरिएको थियो ।

किरात राई प्राज्ञ परिषद्का केन्द्रीय सदस्य तथा नाट्यकर्मी प्रविण पुमा, संघका उपाध्यक्ष तथा देउसी कार्यक्रम संयोजक बिर्सिका राईलगायतले कलाकारहरूलाई धन्यवाद दिएका थिए ।

‘पूर्ण संघीयता र वैज्ञानिक शिक्षाका लागि विद्यार्थी आन्दोलन, किरात स्वायत्त राज्य निर्माण गर्न गाउँ जागरण अभियान’ भन्ने मूल नाराको साथ हुन लागेको सम्मेलन सफल पार्न प्रचारप्रसारलाई समेत अगाडि बढाइएको संघका अध्यक्ष अर्जुन जम्नेली राईले जानकारी दिए ।

प्रतिक्रिया