झापा, २६ कात्तिक । दमक नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गर्दै स्थानीय राजनीतिक दलहरूले सशक्त आन्दोलन सुरु गरेका छन् । इटहरी र मेचीनगर भन्दा पुरानो दमक नगरपालिकालाई उपमहानगरपालिका नबनाइएकोमा स्थानीय आक्रोशित वनेका छन् ।
कांग्रेस, एमाले र माओवादी केन्द्रसहितका राजनीतिक दलका स्थानीय नेताहरूले लखनपुर, तोपगाछी र धरमपुर गाविस मिलाई उपमहानगरपालिका बनाउनुपर्ने माग राख्दै आन्दोलन सुरु गरेका हुन् ।
सर्वदलीय संयुक्त संघर्ष समितिको आह्वानमा बिहीबारबाट उक्त क्षेत्रका सम्पूर्ण सरकारी कार्यालयमा तालाबन्दी गरेर उनीहरू प्रदर्शन र घेराउमा उत्रिएपछि त्यहाँको वातावरण अहिले अनियन्त्रित बनेको छ । आन्दोलनमा उत्रिएका दलहरूले सरकारी कार्यालयमा कालो झन्डासमेत गाडेका छन् ।
प्रदर्शनका क्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य गगन पुरी, नगर सचिव शंकर वस्नेत, प्रेम विमली, नेपाली कांग्रेसका दिपेश दाहाललगायतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माओवादी केन्द्र दमकका नगरसचिव शंकर बस्नेतले भने, ‘अब दमकलाई उपमहानगरपालिका नबनाएसम्म हाम्रो आन्दोलन रोकिँदैन ।’
प्रतिक्रिया