डोनाल्ड ट्रम्प अमेरिकी ४५औ“ राष्ट्रपति

donald-trump-810-copyन्युयोर्क, २५ कात्तिक । अमेरिकामा नोभेम्बर ८ का दिनमा सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकनतर्फका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । ट्रम्प अमेरिकाको ४५औँ राष्ट्रपति भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी डेमोक्र्याटीक पार्टीका उम्मेदवार हिलारी रोधाम क्लिन्टन रहेका थिइन् ।

यसैबीच नवनिवार्चित राष्ट्रपतिले आफ्नो विजयको घोषणासँगै आफ्ना समर्थकका विशाल सभालाई सम्बोधन गर्दै आफू सम्पूर्ण अमेरिकी नागरिकको राष्ट्रपति हुने बताएका छन् ।
हिलारीले

देशको लागि गरेको कडा परिश्रम र सेवाप्रति आफू आभारी भएको समेत उनले बताएका छन् । यसैगरी क्लिन्टनले टेलिफोनमार्फत आफूलाई बधाई दिएको भन्दै क्लिन्टनले आफ्नो पराजय स्वीकार गरेको समेत उनले जानकारी दिए ।

यहाँसम्म दुबै उम्मेदवारले हासिल गरेको राष्ट्रपति पद चयनार्थ प्रदान हुने ‘विशेष मत’ (इलेक्टोरल कलेज भोट) गणना गर्दा ट्रम्पले २ सय ८९ र क्लिन्टनले २ सय १८ मत प्राप्त गरेका छन् । राष्ट्रपति पदमा विजयी हुन् २ सय ७० इलेक्टोरल कलेज भोटको प्रष्ट बहुमत आवश्यक पर्दछ ।

को हुन् डोनाल्ड ट्रम्प

अमेरिकामा खर्बपति रूपमा परिचित डोनाल्ड ट्रम्प सन् १९४६ जुन १४ मा अमेरिकाको न्युयोर्कस्थित क्विन्समा जन्मिएका अमेरिकी नागरिक हुन् । सन् १९७१ देखि देशको धनाढ्यका रूपमा चिनिएका ट्रम्पले सन् १९८० मा न्युयोर्कमा ग्रान्ड हायात होटल खोलेर चर्चाको शिखर चढेका थिए ।

उनलाई सन् २०१६ मा फोब्र्स म्यागजिनले अमेरिकाकै सर्वाधिक धनीको सूचीमा राखेको थियो भने विश्वमा ३ सय २४औँ स्थानमा परेका थिए । उनको कुल सम्पत्ति करिब ३ दशमलव ७ अर्ब डलर रहेको फोब्र्सले २०१६ मा अनुमान गरेको थियो । राष्ट्रपति हुनुअघि उनको परिचय रियल स्टेट व्यवसायी (जग्गा जमिनसम्बन्धी काम गर्ने ) टेलिभिजन व्यक्तित्व, लेखक र राजनीतिज्ञका रूपमा स्थापित थियो । कलेज पढ्दैदेखि उनको पिताले सञ्चालन गर्दै आएको रियल स्टेट व्यवसायमा संलग्न उनले सन् १९७३ देखि परिवारको व्यवसायको जिम्मा लिएका थिए ।

व्यापारिक घराना आफ्नो जिम्मामा आएपछि उनले आफ्ना सबै व्यवसायलाई ‘ट्रम्प अर्गनाइजेसन’का रूपमा सञ्चालन गरे । व्यावसायिक जीवनमा ट्रम्पका अनेकौँ कम्पनीहरू टाट पल्टिएका थिए । जीवनभर र मादक पदार्थमा हात पनि नलाउनु भएका ट्रम्पले सन् २००६ मा आफ्नै कम्पनीमार्फत् ‘भोड्का’ उत्पादन गरेका थिए ।

उनका ठूला दाजु फ्रेड अत्यधिक मादक पदार्थ पिउने (जड्याँहा) भएकाले मदिराकै कारण निधन भएको थियो । त्यसैले ट्रम्पले कहिल्यै मदिरा सेवन गरेनन् । १३ वर्षको उमेरमा सेनाको विद्यालयमा भर्ना भएका ट्रम्पले युनिभर्सटी अफ पेन्सिलभानियाबाट सन् १९६८ मा स्नातक पूरा गरेका छन् । सन् २०१५ देखि राजनीतिमा प्रवेश गरेका ट्रम्प सन् २०१६ जुलाई १९ मा राष्ट्रपतिको उम्मेदवारको रूपमा रिपब्लिकन पार्टीबाट चुनिएका थिए । राष्ट्रपति पदका उम्मेदवार बनेदेखि चुनावी अभियानका क्रममा बारम्बार विवादमा परे पनि अन्ततः उनी अमेरिकाको ४५औँ राष्ट्रपतिका रूपमा निर्वाचित हुन सफल भएका छन् ।

प्रतिक्रिया