‘पुरानो डुंगा’ले थाल्यो देश दौडाहा

purano-dunga-copyकाठमाडौं, २४ कात्तिक । ‘माझी…’ बोलको नयाँ गीत सार्वजनिकसँगै सिनेमा पुरानो डुंगाले प्रवद्र्धनका लागि देश दौडाह थालेको छ । सोमबार राजधानीमा आयोजित प्रेसमिटमा कालिप्रसाद बाँस्कोटाद्वारा संगीतबद्ध मर्मस्पर्शी गीत लन्च गरियो । १० मंसिरमा रिलिज हुने सोसल ड्रामालाई कबड्डी निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

गीतमा मेनुका प्रधान, माओत्से गुरुङ र दयाहाङ राई चित्रित छन् । माओत्से निर्माता समेत हुन् । प्रेसमिटमा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले फिल्मलाई शुभकामना दिए ।

निर्देशक गुरुङ, अभिनेता एवं निर्माता माओत्से, अभिनेत्री प्रियंका कार्की र अभिनेता राईले फिल्म राम्रो बनेको बताए । पोखरादेखि सुरु हुने देश दौडाहा पूर्वको बिर्तामोडसम्म हुने जानकारी निर्माता गुरुङले दिए ।

यसअघि पोखरामा रहेर गुरुङ फिल्ममा सक्रिय माओत्से पहिलोपटक मुलधारे फिल्ममा संलग्न भएका हुन् । पोखराकै बेगनास ताल वरपर छायांकन गरिएको फिल्ममा माझी परिवारको कथा पेश गरिएको छ । भाईले अंशमा डुंगा लगिदिएपछि दाइको परिवारमा आउने समस्या फिल्मको कथा हो ।

प्रतिक्रिया