म्यानहाट्टन, न्युयोर्क, २४ कात्तिक । विश्वविख्यात पप गायिका म्याडोन्नाले सोमबार साँझ न्युयोर्कको अति ब्यस्त ब्यापारिक इलाका म्यानहाट्टनको मुटु–वासिङटन स्क्वायर पार्कमा अप्रत्यासितरुपमा संगीत कार्यक्रम आयोजना गरी गायन कला प्रस्तुत गरिन् ।
कुनै पूर्वप्रचारबिना वा कसैलाई सुईकोसम्म नदिई आयोजित उक्त संगीतमय साँझमा उनले ‘एक्स्प्रेस योरसेल्फ’, ‘डन्ट टेल मि’, ‘लाइक अ प्रेयर’जस्ता अति लोकप्रियका साथै अन्य केही गीतहरु गाएर श्रोताहरुलाई मक्ख पार्दै हिलारी क्लिन्टनका पक्षमा मत मागिन् । म्याडोन्नाको संगीत सुन्न तँछाड्मछाड् गर्दै तत्कालै जम्मा भएका स्रोताहरुको भीडलाई सम्बोधन गर्दै ‘हामीले अमेरिकालाई फेरि फेरि महान बनाइरहनु पर्दैन, बरु अमेरिकी महानतालाई सदैव कायम राख्न हामी सबै एक ढिक्का हुनु जरुरी छ ।
कसैलाई भेदभाव नराखी सबैलाई एकताको सूत्रमा बाँध्ने राष्ट्रपतिलाई जिताउन हामी गइरहेका छौं’ उनले भनिन् । अमेरिकी झण्डाको चित्र (स्टार एण्ड स्ट्रिप) अंकित ह्याटमा सजिएकी यी गायिकाले आफ्नो प्रस्तुति दिउन्जेल सबै श्रोताहरुले उनलाई घेर्दै झुली झुली सँगसँगै गीत गाए । आधा घण्टासम्म सञ्चालित सो कार्यक्रममा हिलारीका पक्षमा मत माग्दै केही श्रोताले ‘एलबिजिटि फर एच’ अंकित प्लेकार्ड प्रदर्शन गरे ।
मतदान केन्द्र खुल्नु चौध, पन्ध्र घण्टा बाँकी रहेको यस अवधिमा हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प दुवैजना एक÷एक भोटलाई महत्व दिँदै आफ्नो पक्षमा पार्ने तीव्र होडबाजीमा लाग्नु भएको पाइन्छ ।
यसैबीच मतदान केन्द्र खुल्नु आधा दिन मात्र बाँकी रहेको अवधिमा हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्प दुवै उम्मेदवार विभिन्न राज्यमा सोमबार साँझ अन्तिम तीव्र प्रतिस्पर्धामा ब्यस्त भैरहेकोबारे विविध समाचारहरु प्राप्त भै रहेका छन् ।
फिलाडेल्फियाको इन्डिपेडेन्स हलबाहिर आयोजित अमेरिकी राष्ट्रपति बाराक ओबामा, उहाँकी धर्मपत्नी प्रथम महिला मिसेल ओबामासमेत उपस्थित एक बिशाल ¥यालीलाई हिलारी क्लिन्टनले सम्बोधन गरे ।
पहिला आयोजित आमसभा, ¥यालीलगायत प्रचारप्रसार अभियानका कार्यक्रमहरुमा आफू अलि बढ्तै आक्रोशित हुनुपरेकामा पश्चाताप गर्दै हजारौं समर्थकहरुका माझ उनले ‘यो निर्वाचन हाम्रो परीक्षाको घडी हो, यसमा कसैको विरुद्ध नभई कसैको समर्थनमा मतदान गर्न’ आह्वान गरे ।
यसअघि, पेन्सिल्भानिया राज्यमा विजय सुनिश्चित गर्ने प्रयास स्वरुप आयोजित एक विशाल ¥यालीमा हिलारीका पति पूर्वराष्ट्रपति बिल क्लिन्टन, छोरी चेल्सिया र वर्तमान राष्ट्रपति ओबामा र धर्मपत्नी मिसेल र ठूला अमेरिकी राजनीतिक हस्तीहरु र प्रख्यात पपगायकहरु ब्रुस स्प्रिंगस्टिन तथा जोन बोन जोभीलगायत अन्य धेरै प्रतिष्ठित व्यक्तिहरुको पनि सहभागिता थियो ।
उक्त ¥याली फिलाडेल्फिया पुगी यहाँ प्रतिक्षारत हजारौं समर्थकहरुसँग मिसिई एक विशाल आमसभामा परिणत भएको थियो ।
संगीत, चलचित्र तथा कलाकर्मीहरु तथा पप गायकहरु सम्मिलित, फिलाडेल्फियामा आयोजित अर्को एउटा अन्तिम आमसभालाई सम्बोधन गर्दै राष्ट्रपति बाराक ओबामाले ‘मन चन्चल भएका मतदाताहरुले डोनाल्डको विपक्षमा भोट खसाल्न हिचकिचाउनै पर्दैन, विकल्पमा तपाइहरुलाई एउटी कोही असाधारण महिला उपलब्ध छँदैछन् नि’ भने ।
कहिलेकहीँ ट्रम्प अभियानको निरर्थक भाषण र वाहियात प्रलापसुन्दा सुन्दा ‘जिब्रो टोक्नु परेको’ भन्दै राष्ट्रपति ओबामाले ट्रम्पलाई ‘लहडी व्यक्ति, क्लिन्टनलाई धोखापूर्ण महिला भनी अनर्गल प्रचार गर्दै विद्वेष फैलिने दुष्कार्य गर्ने व्यक्ति’को संज्ञा दिँदै एक खास अमेरिकी नागरिकसरह क्लिन्टन पनि दृढ आत्मविश्वास भएकी सच्चा नारी हुन् । यस्ती सच्चा नारीलाई राष्ट्रपति पदमा जिताउन उनले आह्वान गरे ।
प्रतिक्रिया