डोटेली फिल्म ‘धन्य मायाजाल’को च्यारेटी सो

dhanya-copyकाठमाडौं, १३ कात्तिक । डोटेली भाषाको पहिलो फिचर चलचित्र ‘धन्य मायाजाल’ सुदूरपश्चिमको यथार्थ विषय वस्तुलाई समेटेर बनाइएका हुँदा निकै राम्रो भएको दर्शकले प्रतिक्रिया दिएका छन् । धनगढीको जोशी टाकिज हलमा शुक्रबार गरिएको च्यारिटी सोमा २६ वर्षअघिको रेकर्ड तोड्दै करिब २ हजार दर्शकले ‘धन्य मायाजाल’ हेरेका हुन् । हलमा क्षमताभन्दा बढी दर्शक चलचित्र हेर्न आएपछि आयोजकलाई व्यवस्थापन गर्न निकै हम्मे परेको जनाएका छन् ।

केहिले भुइँमै बसेरसमेत फिल्म हेरेका थिए । स्थानीय कलाकारलाई लिएर बनाइएको फिल्मले यस क्षेत्रको सामाजिक परिवेशको चित्रण गर्ने खोजेको छ । सामाजिक अन्धविश्वास, जातीय विभेद, छाउपडी प्रथा, चेलिबेटी बेचबिखन र विदेशिन बाध्य युवाहरूको ग्रामीण विषयवस्तुलाई समेटेर फिल्म बनाएको हुँदा निकै मार्मिक रहेको दर्शकले प्रतिक्रिया दिएका छन् । चलचित्रका निर्माता÷निर्देशक वीरेन्द्र सिंह विरुले ‘धन्य मायाजाल’ बाट निकै राम्रो प्रतिक्रिया पाएको बताए । सुदूरपश्चिमको कला संस्कृतिको संरक्षणसँगै यहाँका परम्परागत रीतिरिवाजको संरक्षण सम्वद्र्धनको लागि अझै नयाँ चलचित्र बनाउने पे्ररणा मिलेको निर्देशक सिंहले बताए ।

चलचित्रकी नायिका लक्ष्मी बिसीले दर्शकबाट पाएको प्रतिकृयाका कारण आफू निकै खुसी भएको बताउँदै आगामी दिनमा सुदूरपश्चिमको कला र संस्कृति झल्कने खालका चलचित्रमा अभिनय गर्ने बताइन् । करिश्मा मल्टिमिडियाको ब्यानरमा डोटेली भाषाको चलचित्र ‘धन्य मायाजाल’ निर्माण भएको हो । चलचित्रमा शुकदेव सिंह, लक्ष्मी बिसी, राजकुमार जोशी मुख्य भूमिकामा छन् भने लक्ष्मण आर्याको पटकथा, जानकी ताम्राकारको कथा, वीरबहादुर अयरको संवाद, सुमित भट्टको छायांकन, विराज सिंहको द्वन्द्व, सूर्य विरही साउदको संगीत र गोविन्द मुखियाको नृत्य निर्देशन छ ।

प्रतिक्रिया