काठमाडौं, १२ कात्तिक । कात्तिक २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जात्रा’ को ‘पैसा’ बोलको गीत सार्वजनिक भएको छ । हरिवंश आचार्यको शब्द तथा स्वर रहेको पैसा बोलको गीत सार्वजनिक गरिएको हो ।
प्रदर्शन मिति नजिकिँदै गर्दा प्रोमोसन गीतका रूपमा गीत सार्वजनिक गरिएको चलचित्रका निर्देशक प्रदीप भट्टराईले जानकारी दिएका छन् । भट्टराईले १२ वर्ष मह जोडीसँग काम गरिसकेका छन् । मह सञ्चारले निर्माण गर्ने चलचित्रको निर्देशनको जिम्मा समेत प्रदीपलाई नै दिने समाचारसमेत मिडियामा आइसकेको छ ।
चलचित्रको विषयवस्तुसँग मेल खाने गीतमा पैसाको महत्व र आवश्यकतालाई रमाइलो ढंगले प्रस्तुत गरिएको निर्माता एवं कलाकार रबिन्द्रसिंह बाँनियाले जानकारी दिएका छन् । शशी रावलको समेत स्वर रहेको गीतमा रोशन थापाले संगीत भरेका छन् । चलचित्रमा विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बाँनियालगायत कलाकारको अभिनय छ ।
प्रतिक्रिया