कपिलवस्तु, १० कात्तिक । सदावहार अभिनेत्री करिश्मा मानन्धरले कपिलवस्तुमा आफ्नो कला देखाउने भएकी छन् । नयाँशक्ति पार्टी नेपाल कपिलवस्तु निकट समृद्धि सांस्कृतिक संघ जिल्ला समिति कपिलवस्तुले आयोजना गर्ने शुभदिपावली बृहत सांस्कृतिक कार्यक्रममा उनले कला प्रस्तुत गर्ने भएकी हुन् । ‘समृद्धिका लागि सांस्कृतिक अभियान’ नारा दिइएको उक्त कार्यक्रम बुधबार दिउँसो १२ बजे कपिलवस्तुको ४ नम्बर जितपुरमा आयोजना हुँदैछ । कार्यक्रममा अभिनेत्री करिश्मासहित, हाँस्यव्यंग कलाकार सुबोध गौतम, समृद्धि सांस्कृतिक संघका केन्द्रीय कलाकारहरु निशा परियार, भरत भण्डारी, कपिलवस्तु डान्स आइडल बिजेता कलाकार र बहुजातीय सांस्कृतिक संघका कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले प्रचार गरेको छ ।
प्रतिक्रिया