वासिंगटन, ८ असोज । अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आपूm निर्वाचित भएमा पहिलो सय दिनभित्रमा गर्ने कामहरूको योजना प्रस्तुत गरेका छन् । गत शनिबार उनले प्रस्तुत गरेको कार्ययोजनालाई मतदातासँगको आफ्नो ‘करार’ को संज्ञा दिएका छन् ।
पेन्सिल्भानिया राज्यको गेट्टिस्बर्गमा आयोजित एक चुनावी पैदलयात्रा (¥याली) लाई सम्बोधन गर्दै न्युयोर्कका यी अर्बपति धनाढ्यले आफ्नो नेतृत्वको भावी नयाँ सरकारको दाबी गरी ऐतिहासिक अमेरिकी राष्ट्रपति अब्राहम लिंकनद्वारा प्रजातान्त्रिक सरकारबारे प्रतिपादितः ‘जनताको, जनताद्वारा, जनताकै लागि’ भन्ने बहुप्रचलित उद्धरणको प्रतिलिपि वाक्यमा आफ्नो नयाँ सरकारलाई संज्ञा दिन भ्याए । यस नयाँ सरकारले ह्वाइट हाउसलाई सफा गर्न चाहेको पनि बताए ।
परिवर्तन र ‘सबै अमेरिकी जनताविरुद्ध खडा भएकी भन्दै डेमोक्रयाटिक पार्र्टीकी उम्मेदवार, आफ्नी प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई उनले सोही सम्बोधनको क्रममा आरोप पनि लगाए । आफ्नो चिरपरिचित आक्रामक शैलीमा ट्रम्पले ‘हाम्रो यो अभियानले परिवर्तनकारीहरूको प्रतिनिधित्व गर्दछ र यस्तो परिवर्तन जीवनमा एकपटक मात्रै आउँछ’ अठोटका साथ उनले भने ।
कार्ययोजनाको नाममा जे सुकै दाबी गरे पनि, ४० मिनेट लामो सो सम्बोधनमा नयाँ प्रस्ताव केही पनि थिएन । केवल उनका पुरानै योजनाहरूलाई नयाँ बाक्यसंयोजनबाट प्रस्तुत गरिएको मात्र थियो । सयदिने योजनाको मुख्य प्रस्तावनामा उनले आपूm राष्ट्रपति भएमा विश्वभरबाट अमेरिकामा ओइरो लागेको अवैध आप्रवासनलाई नियन्त्रण गर्न अमेरिकी संसद् (कांग्रेस) लाई कसिकसाउ गरी ठोस ऐन, कानुनको निर्माण गरेरै छाड्ने समेत दाबी गरे ।
अर्थतन्त्रको क्षेत्रमा उनले १० वर्षमा २ करोड ५० लाख थप रोजगारी सिर्जना गर्ने, अन्तर्राष्ट्रिय वाणिज्य तथा व्यापारसम्बन्धी पुराना सम्झौताहरूको पुनरावलोकन गरी नयाँ सम्झौता कार्यान्वयनमा ल्याउने, संयुक्त राष्ट्रसंघीय विश्वव्यापी जलवायु परिवर्तन नियन्त्रण कार्यक्रमलाई गइरहेको अर्बाैं डलरको आर्थिक सहयोग रद्द गरी सो धनराशि जलवायु परिवर्तन नियन्त्रणसम्बन्धी आफ्नै आन्तरिक सुदृढीकरणमा लगानी गर्ने योजना रहेको घोषणा गरेका छन् ।
आउँदो नोभेम्बर ८ मा सम्पूर्ण अमेरिकी मतदाताहरूले हाम्रो मुलुक र ‘हाम्रो समुदायलाई समृद्धितर्फ लैजान र इमानदार सरकार चयन गर्न यो सयदिने कार्ययोजनाको पक्षमा मतदान गर्नुहुनेछ,’ ट्रम्पले भने ।
प्रतिक्रिया