अध्ययनको लागि बिदेसिँदै चिनियाँ युवा पुस्ता

chineseबेइजिङ, ८ कात्तिक । चिनिया युवा पुस्ताहरू अध्ययनका लागि बिदेसिने गरेका छन् । चीनको ‘नेसनल एजुकेसन पोर्टल साइट’ हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा सो कुरा उल्लेख छ । सार्वजनिक भएको सो प्रतिवेदनअनुसार गतवर्ष चिनियाँ स्नातक स्तरका ४२ प्रतिशत विद्यार्थीले अमेरिकामा अध्ययन गरेका छन् ।

विदेश गएर उच्चशिक्षा हासिल गर्ने चिनियाँ विद्यार्थीहरूको संख्या अत्यधिक रूपमा बढ्दै गइरहेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१५ मा झन्डै ५ लाख २० हजार विद्यार्थी उच्च शिक्षा हासिल गर्न विदेश गएका छन् भने, सन् २०१६ मा त्यो संख्या बढ्ने अनुमान गरिएको छ । विदेश गएर पढ्न चाहने चिनियाँ विद्यार्थीहरू मध्ये अधिकांशको गन्तव्य अमेरिका हुने गरेको छ ।

सो प्रतिवेदनका अनुसार सन् २०१६ मा हालसम्म अमेरिकामा अध्ययनका लागि ३ लाख २३ हजारभन्दा बढी विद्यार्थी गइसकेका छन् ।

प्रतिक्रिया