काठमाडौं, ८ कात्तिक । विदेशिनु बाध्यता बनेको नेपाली समाजमा विदेशिनुको पीडालाई पर्दामा उतारिएको फरकधारको चलचित्र उमंगको आगामि १२ कात्तिकमा अल नेपाल रिलिज हुने भएको छ । काठमाडौंको बागबजारमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माण युनिटले सो कुरा जानकारी दिएको हो ।
धन कमाउने सुन्दर सपना बोकेर विदेशिनु बाध्य नेपाली युवायुवतीको कथालाई समेटेर बनाइएको कथाले पीडाहरूलाई उजागर गरेको फिल्मका निर्देशक शिव शर्माले बताए । शिव शर्माको यो डेब्यु निर्देशन हो । निर्देशक शर्माले फिल्मको पात्रहरूले कथालाई भरपुर न्याय दिलाएको भन्दै यसले कुनै पनि मानेमा दर्शकको मनजित्ने बताए ।
सगरमाथा फ्लिमस्को प्रस्तुतिमा कुमार बिसीले निर्माण गरेको चलचित्र ‘उमंग’मा रहेको कथाले आपूmलाई भावुक बनाएकैले निर्माण टोलीलाई पूर्णरूपमा सहयोग गर्न तत्पररहेको चलचित्र निर्माणका सल्लाहाकार डा.रामप्रसाद उप्रेतीले बताए । उनले हामी नेपाली हौँ भनेर गर्व गर्ने तर नेपाली श्रम र सीप विदेशमा बेचिनुपर्ने भन्दै बेचिँदा पनि कति कष्टपूर्ण अवस्था हुन्छ भन्ने कथा नै भएकाले आपूmलाई यो टिमसँग बसेर काम गर्न रहर लागेको बताए । नेपालको गौरवको रूपमा नेपालको नक्सा तथा नेपालीको पहिचान झल्काउने विदेशी भनिएको ह्याट र क्यापसमेत वितरण गरिएको कार्यक्रममा उनले यो नेपाल चिनाउने अभियानको सुरुआत भएको घोषणा गरेका छन् ।
केही दिनअघि अस्ट्रेलियाको सिडनीमा पनि प्रदर्शन चलचित्र हेर्ने सबै दर्शकले एउटा राम्रो नेपाली चलचित्र बनेको प्रतिक्रिया दिएका थिए । निर्देशक शर्माका अनुसार उमंगलाई एउटा पृथक नेपाली चलचित्र बनाउने कोशिस गरिएका कारण सबै दर्शकहरूको मन जितेको छ ।
नेपालमा रोजगारी नपाएर विदेश पलायन भएको युवा वर्गको कथालाई समेटेर बनाइएको चलचित्रमा आफ्नै कथा समेटिएको निर्माता तथा नायक कुमार जिसीले बताए । उनले भने आपूm विदेशमा रहँदा भोगेको र देखेको विषय नै कथाको मुख्य सार भएकाले ‘परदेशीको उमंग’ यथार्थ घटनामा आधारित चलचित्र भने पनि फरक नपर्ने बताए ।
चतलचित्रमा नायिका विनिता बरालको अभिनय रहेको छ । उनी यो चलचित्रमा बोल्ड अभिनय दिएकी छन् । विनिताले यो चलचित्रबाट आफू आशावादी भएको बताएकी छन् । पछिल्लो समयमा यस्ता चलचित्रहरू कमै बन्ने गरेको हुँदा आफूले अभिनय गरेको बताइन् । चपली हाइटबाट उदाएकी विनिताले यो बीचमा अरू चलचित्रमा अभिनय गरे पनि खासै चर्चा कमाउन नसकेपछि उनी कृषितर्फ लागेकी थिइन् । त्यसपछि उनी अध्ययनका क्रममा अमेरिका पुगेकी विनिताले कथावस्तु राम्रो लागेपछि मात्र आफूले यस चलचित्रमा अभिनय गरेको बताइन् ।
प्रतिक्रिया