काठमाडौं तेक्वान्दो खेलाडी छनोट

7काठमाडौँ । पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदको मध्यमाञ्चल क्षेत्रीय छनोट प्रतियोगिताका लागि काठमाडौंबाट तेक्वान्दो खेलाडी शुक्रबार छनोट भएका छन् । आयोजक काठमाडौं जिल्ला खेलकुद विकास समितिका प्रमुख लीलाराम बस्नेतका अनुसार ८ पुरुष र ६ महिला गरी १४ खेलाडी छनोट भएका छन् । पुरुषको ५४ केजीमुनि विवेक केसी, ५८ केजीमुनि विपुल थापा, ६३ केजीमुनि अजय तामाङ, ६८ केजीमुनि उज्ज्वल गुरागाईं, ८० केजीमुनि विवेक श्रेष्ठ, ७४ केजीमुनि कर्मा श्रीश मगर, ८७ केजीमुनि भुपेन श्रेष्ठ र ८७ केजीमाथि विजेन खत्री छनोट भए ।

त्यस्तै महिलामा योगमाया श्रेष्ठ ४६ केजीमुनि, वर्षा गुरुङ ४९ केजीमुनि, चाँदनी विश्वमित्र ५३ केजीमुनि, प्रियंका कार्की ६२ केजीमुनि, सुष्मा तामाङ ६७ केजीमुनि तथा करुणा थापा ५७ केजीमुनि छानिए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमी कभर्डहलमा भएको एक दिने प्रतियोगितामा विभिन्न १४ स्पर्धामा १ सय ५ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ । (सौस)

प्रतिक्रिया